ताजा समाचार

पर्साको धोबिनी गाँउपालिकाद्वारा वडाहरु मै सामाजिक सुरक्षा भत्ता वितरण

  • असोज ३१, २०७९
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३१ कार्तिक पर्साकाे धोबिनी गाउँपालिकाले लाभग्राहीहरुकाे सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडा वडामै शिविर संचालन गरेकाे छ । एनआइसी एशिया बैंक लंगडि शाखाकाे समन्वयमा गाउँपालिकाले वडा कार्यालयमै शिवीर सन्चालन गरेर भत्ता वितरण गर्न थालेकाे हाे । पालिकाले वडामै पुगेर भत्ता वितरण गर्न थालेपछि यसले आफुहरुलाई धेरै राहत पुगेकाे भन्दै ज्येष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् । अब बैंकमा पुगेर दिनभर लाइन बस्नुपर्ने बाध्यता पनि हटेको उनिहरुले प्रतिक्रिया दिएका छन् । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने सकसपुर्ण अवस्थाको अन्त्य गर्न वडा वडाबाटै बैंक मार्फत सामाजिक सुरक्षा भत्ताकाे रकम वितरण थालिएको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले वताए ।

उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी मिलेको पनि बताए । बैंककाे समन्वयमा लाभग्राहीहरुकाे सहजताकाे लागि वडा वडामा पुगेर भत्ता वितरण गर्न थालिएकाे प्रमुख प्रशासकिय अधिकृत महम्द नवाज हुसेनले वताए । उनले ५ वटै वडा मै पुगेर शिविर मार्फत सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिने बताए । वडा नंबर १ काे वडा कार्यालय भिखमपुरबाट गत सोमबार देखि सरु भएकाे समाजिक सुरक्षा भत्ता वितरण शिविर मार्फत हाल सम्म एक सय जना लाभग्रहीहरुलाई रकम वितरण गरिसकिएकाे भिखमपुर का वडा सचीव अशोक पटेलले जानकारी दिए । शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जष्ठ नगारिक एकल महिला र क तथा ख वर्गका अपाङ्ग लाभग्राहीहरुलाई भत्ता वितरण गर्न थालिएकाे उनले वताए । वडा नं. १ देखी ५ सम्मका सम्पुर्ण दलित बालवालिका (सामाजिक सुरक्षा भत्ता लाभग्राही)हरु तथा शिविरबाट सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्न छुट भएका लाभग्राहीहरुले एनआइसी एसिया बैंक शाखा कार्यालय लंगडीबाट कार्यालय समयमा भत्ता प्राप्त गर्न सक्ने गाउँपालिका कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤