ईप्रका कृष्णनगरले स्रोत नखुलेको १३ लाख सहित मानिस पक्राउ

  • असोज ३०, २०७९
  • ९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज ३० कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठसय रकम सहित मानिस पक्राउ गरेको छ l कृष्णनगर नगरपालिका वडा नं २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नंम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान जिल्लाको साबिक धरमावती गाविस ७ हाल प्युठान नगरपालिका वडा नं ८ मनगाउ बस्ने चौतिस बर्षका शुसिल बहादुर पुन मगरले सोही गाडिको अगाडिको बोनटमा भागमा राखिएको भारतीय पत्रिकाले बेरिएको अवस्थामा स्रोत नखुलेको तेह्रा लाख आठसय नेपाली नोट बरामद गरि मानिस सहित नियन्त्रणमा लिएको थियो l रकम तथा मानिसलाई नियन्त्रणमा लिई थप अनुसंधानका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए l केही समय अगाडि चरेस सहित मानिस समात्न सफल रहेको ईप्रका कृष्णनगरले शान्ति सुरक्षा कायम राख्दै चोरी तस्करी नियन्त्रणमा समेत राम्रो योगदान दिएको स्थानीय बताउछन्l

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१