ताजा समाचार

प्रहरी द्धारा मठ मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

  • असोज २९, २०७९
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल अशोज २९ । ६७ औं प्रहरी दिवस २०७९को अवसरमा मठ मन्दिर परिसरमा रहेको फोहोर व्यवस्थापन गर्दै सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं १२ स्थित रहेको दूर्गा भवानीको मन्दिरमा अाज विहान करिब ७ बजेको समयमा स्थानिय ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी ठटियाका इन्चार्ज वैधनाथ दासको अगुवाईमा गरिएको सरसफाई कार्यक्रम करिब १० बजेसम्म जारी रहेको थियो । सिमलटोकी कुष्माहा दूर्गा मन्दिर परिसरमा विहान सरसफाई कार्यक्रममा वाडा अध्यक्ष जय प्रकाश शर्मा, स्थानिय बुद्धिजीवी विजय महतो, राजनितिककर्मी चौधरी महतो, नेपाल प्रेस मञ्च सिरहाका जिल्ला सदस्य हेम प्रसाद पासवान नेपाली काँग्रेसका स्थानिय नेता विक्रम हमाल लगायतको सहभागितामा सरसफाई कार्यक्रम गरिएको थियो ।

स्थानिय दूर्गा मन्दिर परिसरमा रहेको फोहोर व्यवस्थापन गर्दै कार्यक्रमलाई अघि बढाइएको थियो । स्थानिय स्तरकाे टोल बस्तीमा रहेकाे मठ मन्दिरहरुमा रहेको फोहोरलाई प्रहरीको अगुवाईमा स्थानीयहरू मिलेर सरसफाई गरेको थियो । हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एव सुरक्षित समाजका लागि प्रहरीले यसरी सरसफाई गरी मठ मन्दिरहरुमा भएको फोहोर व्यवस्थापन गर्न खेलेको भुमिकालाई समाजले सकारात्मक रूपमा लिएको स्थानियको बुझाई रहेकाे देखिन्छ । संक्षिप्त कुराकानीमा स्थानिय बुद्दिजिबी विजय महतोले " प्रहरीले यसरी मठ मन्दिरको सरसफाइमा देखाएको पहली कदमको स्वागत आम सबैले गर्नुपर्ने " धारणा राख्नु भयो । कार्यक्रम फलदायी रहेकाे स्थानीहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤