छपकैया, श्रिसिया नाकावाट सशस्त्र तस्करी शुरु ; तस्करीको रकमले बिअोपीहरु मालामाल राज्शव कंगाल

  • असोज २८, २०७९
  • ६८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २८ असोज श्रिसिया नाकावाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा , जुत्ता चप्पल , हाडयेवर लगाएतको तस्करी व्यापक रुपमा शुरु । नेपालको मुख्य नाका भन्दा करिव १ देखि २ किलोमिटरको दूरीमा श्रिसिया नाका रहेको छ। श्रिसिया नाका मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी हुन्छ।मुख्य नाका संग जोडिएको श्रिसिया नाका आफैमा संवेदनशील क्षेत्र हो। मुख्य नाकाको जिम्मा सशस्त्र प्रहरीको हो।सशस्त्र प्रहरी तस्करहरु सित आर्थिक प्रलोभनमा परी तस्करहरुलाई व्यापक रुपमा तस्करीको लाईन खुलेको छ। सिमानाका पहिलो फेजमा श्रिसिया नाकामा सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी बल बिओपी ड्राईपोर्टको संयुक्त टोली डिप्टी खटेएको हुन्छ। नेपाल र भारतको खुल्ला सिमानाका रहेको हुनाले सशस्त्र प्रहरीले सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु रक्सौलवाट आफनो घरयासी प्रयोजन र पसलका लागि सामग्रीहरु किनेर लैजाँदा बाटोमै रोकेर बिल भरपाई लगायतका कागजातहरु मागी झमेला खडा गरी पैसा लिने गरेको पर्सा एक व्यापारी गुनासो गरे ।

सशस्त्र प्रहरीको मिलोमतोमा डिप्टि अगाडिवाट मोटरसाइकल र साईकलमा तस्करहरु लत्ताकपडा , हाडयेवर , जुता चप्पल र हण्डी कारोबार, बिष्पोटक पटका र रजनिगंधा लगाएतको सामानहरुको भारतवाट नेपाल तर्फ दिन्हु लाखौं रुपैयाको राज्शव छलि गरि तस्करहरुले भित्राईरहेका छन्। सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख ठाडा मगर र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले सिमानाकामा रहेका बिओपी पतिहरुलाई तस्करीमा कडाई गर्ने पटकपटक निर्देशन दिदै आएपनि सशस्त्र प्रहरी बल बिओपी श्रिसिया र सशस्त्र प्रहरी वल बिओपी ड्राईपोर्टका सेटिङ्गमा रातभरी तस्करी भईरहदा पनि द्वयप्रमुखहरु चुप लागेर बसेपछि शंकाको बिषय बनेको छ। श्रिसिया र ड्राईपोर्ट बिओपी बिओपी प्रमुखहरु आएको दिन देखिनै सशस्त्र प्रहरीको डिप्टि अगाडीको बाटो भई छपकैया र श्रिसिया गाऊको बाटो भई दिनरात ठुलो मात्रामा तस्करको समुहहरुले अवैध रुपमा राजशव छलि गरि ४ जना तस्करको समुहले १० देखि २०वटा मोटरसाइकलमा कपडा लोड गरि भित्राईरहेका छन्न भन्ने ३० देखि ४० वटाको हराहरि मा साईकल प्रयोग गरि सो नाकावाट भित्राई श्रिसिया गाऊमा स्टोक गरि वीरगंजको विभिन्न ट्रान्सपोर्टा सम्म पुर्याउने गरेको स्रोतले जनाएको छ।

सशस्त्र प्रहरीद्वय बिओपी पतिहरु आएको दिन देखिनै विभिन्न समाचार , पत्रपत्रिका , टेलिभिजनहरुमा समाचार अाएपनि अहिले सम्म न तस्करी रुकेको छैन भन्ने कुनै किसिमको विभागले कार्यबाहि नै गरेको छ।यस्ले स्पष्ट बुझिन्छ कि साना हाकिम देखि ठुला हाकिमहरु संरक्षणमा तस्करी भईरहेको छ । सशस्त्र प्रहरी हेडक्वाटरको अनुगमन टोली पर्सामा आएपनि यि नाकाहरु रातभरि तस्करी भईरहेदापनि यस्ले प्रमाणित हुन्छकि अनुगमन टोली दशै र तिहारको लागि तस्करहरु संग पैसा असुल्ने ब्यस्त रहेको छ।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

पर्साको श्रीसिया नाक ...

रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्था ...

हिन्दु युवा शक्ति कप ...

धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१