महेश सिंह सिरहा लहान २७ असोज - चार्ड पर्वको लक्षित गरि हिन्दु सम्राट् सेनाद्वारा लहानमा भब्य सोभा यात्रा निकालिएका थिए।हिन्दु राष्ट्र कायम गर मुल नाराका साथ सयौं युवाहरूको एक समुहले सिरहाको लहानबाट निकालीको सोभा यात्रा लहान बजार परिक्रमा गरेका थिए। हिन्दु सम्राट् सेनाका केन्द्रिय संयोजक राजेश कुमार यादवको नेतृत्वमा लहानमा रयाली निकालीएका थिए। रयालीमा सिरहा,सप्तरी,धनुषा,महोत्तरी,सुनसनी लगायतका युवाहरुको कार्यक्रममा सभागिता रहेको आयोज कमिटीका प्रमुख राजेश कुमार यादवले जनाए।नेपालमा हुँदै गरेको हिन्दु धर्म प्रतिको हिंसा बन्द गर,हिन्दु रास्ट्र कायम गर नारालाई जयमान गर्दै सोभा यात्रा निकालीएका थिए। हिन्दु रास्ट्र कायम भएन भने निरन्तर हाम्रो रयाली देश भरी जारी रहने केन्द्रिय अध्यक्ष राजेश कुमार यादवले बताए।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved