ताजा समाचार

केन्द्रिय अध्यक्ष हमालद्धारा अग्रिम शुभकामना

  • असोज २६, २०७९
  • ८४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असोज २६,  सिरहा टाइम्स विनोद मण्डल असोज २६ । शैक्षिक क्षेत्रका चम्किला तारा अनि बाैद्धिक व्यक्तित्व तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले आज प्रदेश र जिल्ला भेट्घाट तथा शुभकामना कार्यक्रममा नेसनल प्याब्सन सिरहा जिल्ला अध्यक्ष तथा सगरमाथा उच्च मा. बि. तथा क्याम्पसका प्रीन्सिपल अनि परिवर्तनका सम्बाहक, युवाहरुको ढुकढुकि, प्रखर बक्ता,निडर ,कुशल संगठ्क एवम् बौद्धिक ब्याक्तित्व सामाजिक अभियन्ता आम समाजिक समस्या समाधानको लागि सकारात्मक धारणा राख्ने प्रदिप कुमार तिवारी सिरहा क्षेत्र न ४ प्रदेश सभा (क) मा स्वतन्त्र प्रदेश संसदमा प्रत्यक्ष उमेदवार दिनु भएको हुनुभएकोमा एन. प्याब्सनका केन्द्रिय अध्यक्ष समेत रहनु भएका पाण्डव हमाल ज्यूले हार्दिक बधाई तथा अग्रिम शुभकामना ब्यक्त गर्नु भएको छ ।

संक्षिप्त कुराकानीमा हमालले सिरहा जिल्लाको शैक्षिक वातावरण कायम गराउन विगतमा अहम भूमिका निर्वाह गरेका तिवरीको जीतले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान गरेर सबै किसिमका सामाजिक समस्या समाधानको उपायको खोजीका एक मात्र विकल्प आसन्न निर्वाचनमा विजय भएकोले आम जनताले समयमा विवेक पुगाउन जरुरी रहेकाे बताउनु भएको छ । उक्त कार्यक्रममा नेसनल प्याब्सन मधेश प्रदेशका प्रदेश अध्यक्ष डा. नन्दन यादबले तिवारी जिको स्वतन्त्र उमेदवारीले आम जनताको भावना जितेको र भाबी योजना, समग्र सिरहा बासी र प्रदेशको समृद्धिका लागि कर्तव्यनिष्ट भइ काम गर्ने प्रतिबद्धताबाट उहाँको जीत सुनिश्चित भइसकेको हुँदा मात्र मंसिर ४ पर्खनु पर्ने भएको बताउनु भयो । नेसनल प्याब्सन सिरहा जिल्ला समिती , प्रदेश समिति र स्थानीय क्षेत्रका बिधालयका संचालकहरु, बुद्धिजिबिहरुको समेत उपस्थिती रहेको थियो। नेपाली राजनीतिक क्षेत्रमा रहेको विडम्बनालाई चिर्नको लागि शैक्षिक बौद्धिक व्यक्तित्वको राजनीतिक आगमनले आम जनतामा खुशी छाएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤