Siraha Times
ताजा समाचार

पकाहामैनपुरमा जसपा–एमालेको घरदैलो, शिक्षा र स्वास्थ्य विकासको आधार : प्रदेशसभा सदस्य उम्मेदवार मधु गुप्ता कुर्मी

  • असोज २६, २०७९
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २६ असोज जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेबाट पर्सा क्षेत्र नंं ३ का प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुले पर्साको पकाहामैनपुरमा घरदैलौ गरेका छन् । पकाहमैनपुरको वडा नं ३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र प्रदेशसभा सदस्य उम्मेदवार डा.मधु गुप्ता कुर्मीको सहभागिता थियो । डा. गुप्ताले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्य नै विकासका आधार भएकाले यसमा सबैको पहुँच आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालीलाई संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि यो आम जनताको पहुँचबाहिरको विषय बन्दै गएकाले सरकार यसमा गम्भीर हुनुपर्ने डा. गुप्ताले बताउनुभयो । डा. गुप्ताले शिक्षा र स्वास्थ्य सेवाको प्रभावकारिता आफ्नो एक मुख्य एजेण्डा भएको पनि स्पष्ट पार्नुभयो । पर्सा जिल्ला देशकै आर्थिक राजधानी भएर पनि यहाँको सामाजिक जीवनमा त्यसको प्रत्याभूति नभएको भन्दै आफ्नो क्षेत्रलगायत पर्सा जिल्लालाई नै विकासका नमूना जिल्लाको रुपमा चिनाउन आफू राजनीतिमा आएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१