पकाहामैनपुरमा जसपा–एमालेको घरदैलो, शिक्षा र स्वास्थ्य विकासको आधार : प्रदेशसभा सदस्य उम्मेदवार मधु गुप्ता कुर्मी

  • असोज २६, २०७९
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २६ असोज जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेबाट पर्सा क्षेत्र नंं ३ का प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरुले पर्साको पकाहामैनपुरमा घरदैलौ गरेका छन् । पकाहमैनपुरको वडा नं ३ र ४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । घरदैलो प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता र प्रदेशसभा सदस्य उम्मेदवार डा.मधु गुप्ता कुर्मीको सहभागिता थियो । डा. गुप्ताले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्य नै विकासका आधार भएकाले यसमा सबैको पहुँच आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालीलाई संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरे पनि यो आम जनताको पहुँचबाहिरको विषय बन्दै गएकाले सरकार यसमा गम्भीर हुनुपर्ने डा. गुप्ताले बताउनुभयो । डा. गुप्ताले शिक्षा र स्वास्थ्य सेवाको प्रभावकारिता आफ्नो एक मुख्य एजेण्डा भएको पनि स्पष्ट पार्नुभयो । पर्सा जिल्ला देशकै आर्थिक राजधानी भएर पनि यहाँको सामाजिक जीवनमा त्यसको प्रत्याभूति नभएको भन्दै आफ्नो क्षेत्रलगायत पर्सा जिल्लालाई नै विकासका नमूना जिल्लाको रुपमा चिनाउन आफू राजनीतिमा आएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१