Siraha Times
ताजा समाचार

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

  • असोज २६, २०७९
  • ६५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिउआ पर्सा २६ असोज पर्साको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी चहलपहल बढेको छ । क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजाल रहेका छन् । गत आइतबार रिजालले उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी चहलपहल बढेको हो । यसै क्रममा काँग्रेसले बुधबार क्षेत्र नम्बर ४ को दुइ पालिकामा छुट्टा छुटटै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाको लङगडी र कालिकामाइ गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो । काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजाललाइ अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए ।

उनिहरुले क्षेत्र नम्बर ४ को विकासमा सधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए । कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेव साथमा रहददै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारे जनतालाइ बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनता माझ पुरयाउन अनुरोध गरे । कार्यक्रममा पर्सा ४ (ख) का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पान्डे ,महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल ,जिल्ला सह सचीव नवीन सिंह ,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचिव बालिस्टर अहमद , नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइ गाँउपालिकाका अध्यक्षका प्रत्यासी अजय पटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१