सशस्त्र प्रहरीले भारी मात्रामा अबैध मालसमान सहित तीन वटा ट्रकलाई  लिए नियन्त्रणमा 

  • असोज २५, २०७९
  • ९३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २५ असोज सशस्त्र प्रहरीले भारी मात्रामा अबैध मालसमान सहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सशत्र प्रहरी वल,नेपाल पर्सा बीरगन्ज महानगरपालिका वडा नं.२४ स्थित रामगढवामा वि. ओ. पि. ड्राईपोर्टबाट खटिएको ०५ जना र वि.ओ. पि. सिर्सियाबाट खटिएको ०५ जनाको संयुक्त टोलिले बिल बिजक भन्दा बढी माल समान लोड गरेको अवस्थामा रु. २३ लाख ४८ हजार ८ सय ५८ रुपैया बराबरको कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरीको सामान तथा ईलेक्ट्रिक सामान सहित तीन वटा ट्रकलाई साेमवार राती ११ः३० बजेकाे समयमा नियन्त्रणमा लिइएको सशत्र प्रहरी बल १३ गण पर्साले जनाएको छ । ट्रक सहित बरामद भएको माल समान समेतको मुल्य रु. १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैया मुल्यङ्कन गरी आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशत्र प्रहरी वल १३ नम्बर गण पर्साका सूचना अधिकारी सशत्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार वस्नेतले बताए । सशत्र प्रहरीलाई प्राप्त भएको बिशेष सूचनाको अधारमा प्रहरी उक्त समान बरामद गर्न सफल भएको वस्नेतले बताए । जय माँ दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ३ ख १००९ सामानको मुल्य रु. १०,५४,६३६ रहेको,त्यसैगरी श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख ७१ सामानको मुल्य रु ९,३२,६८० रुपैया र श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख १८७८ सामानको मुल्य रु. ३,६१,५३७ लाख मुल्याङ्कन भएको सशत्र प्रहरी नायब उपरीक्षक वस्नेतले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहाका मालपोत प्रमु ...

रहमुल लहान २५ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइराल ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज २४ मंसिर। नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा स ...

श्रम संस्कृति पार्टी ...

रहमुल,लहान २४ मंसिर। श्रम संस्कृति पार्टीले सिरहाको कल्याणपुरमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१