Siraha Times
ताजा समाचार

सशस्त्र प्रहरीले भारी मात्रामा अबैध मालसमान सहित तीन वटा ट्रकलाई  लिए नियन्त्रणमा 

  • असोज २५, २०७९
  • १०३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २५ असोज सशस्त्र प्रहरीले भारी मात्रामा अबैध मालसमान सहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सशत्र प्रहरी वल,नेपाल पर्सा बीरगन्ज महानगरपालिका वडा नं.२४ स्थित रामगढवामा वि. ओ. पि. ड्राईपोर्टबाट खटिएको ०५ जना र वि.ओ. पि. सिर्सियाबाट खटिएको ०५ जनाको संयुक्त टोलिले बिल बिजक भन्दा बढी माल समान लोड गरेको अवस्थामा रु. २३ लाख ४८ हजार ८ सय ५८ रुपैया बराबरको कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरीको सामान तथा ईलेक्ट्रिक सामान सहित तीन वटा ट्रकलाई साेमवार राती ११ः३० बजेकाे समयमा नियन्त्रणमा लिइएको सशत्र प्रहरी बल १३ गण पर्साले जनाएको छ । ट्रक सहित बरामद भएको माल समान समेतको मुल्य रु. १ करोड १३ लाख ४८ हजार ८ सय ५८ रुपैया मुल्यङ्कन गरी आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशत्र प्रहरी वल १३ नम्बर गण पर्साका सूचना अधिकारी सशत्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार वस्नेतले बताए । सशत्र प्रहरीलाई प्राप्त भएको बिशेष सूचनाको अधारमा प्रहरी उक्त समान बरामद गर्न सफल भएको वस्नेतले बताए । जय माँ दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ३ ख १००९ सामानको मुल्य रु. १०,५४,६३६ रहेको,त्यसैगरी श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख ७१ सामानको मुल्य रु ९,३२,६८० रुपैया र श्री दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ६ ख १८७८ सामानको मुल्य रु. ३,६१,५३७ लाख मुल्याङ्कन भएको सशत्र प्रहरी नायब उपरीक्षक वस्नेतले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१