Siraha Times
ताजा समाचार

राजनीतिक यात्रामा धर्मेन्द्र गिरी

  • असोज २३, २०७९
  • ११३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २३ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि नवलपरासी ( बर्दघाट सुस्ता पक्षिम) निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी धर्मेन्द्र गिरीले दर्ता गराउनु भएको छ । गिरीले जिल्लामा आम किसानको समस्या , केरा किसानको समस्या , डुवान समस्या , ट्राफिक सचेतना लगायतका सामाजिक कार्यमा विगतका दिनहरूमा सक्रिय भुमिका निर्वाह गर्दै आएका गिरी चुनाबी मैदानमा होमिएका छन । सामाजिक कार्यमा निक्कै चतुर मानिएका गिरीले समाजमा रहेकाे विकृति विसंगतिको विरुद्धमा हरदम समाजलाई सचेत गराउँदै आइरहनु भएको छ ।

उनी स्वच्छ, ईमान्दार , स्पस्ट बक्ता , मृदु भाषी , दुरदर्शी साथै आम जनताको वारेमा चिन्तित भइरहने गिरीले आफनो राजनीतिक यात्राको स्वतन्त्र रूपमा अगाडि बढ्ने धारणा अगाडी ल्याएका हुन् । पुराना नेतागण भनाउदा हरुले समाजमा हालसम्म समाजको हित हुने काम नगरेको आम जनतालाई सास्ति दिएको समाजमा भ्रष्टाचार , अत्याचार अनि तस्कर नीतिलाई उखेलेर फाल्नको निम्ती र जिल्लाको अनुहार फेर्नको निम्ति चुनाबी मैदानबाट उनी जस्ता स्वतन्त्र व्यक्तिको आगवनमा तपाईं हाम्रो साथ सहयोग आवश्यक भएको हुनाले समयमा असल नेतृत्वको पहिचान गर्न जरुरी देखिएको छ । स्मरण रहोस् उनी नवलपरासी यूवा समाजका अध्यक्ष पदमा रहेर काम गर्दै आएका अशल समाजका व्यक्ति मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१