Siraha Times
ताजा समाचार

देशभर मनोनयन दर्ता, उम्मेदवारको सूची आजै सार्वजनिक हुने

  • असोज २३, २०७९
  • ७६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज २३ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज आइतवार बेलुका ५ बजेसम्मको समय तोकेको थियो । सबै ७७ वटा जिल्लामा स्थापना भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था थियो । त्यसैअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका छन् ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आज बेलुका नै प्रकाशन हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने समय भाेलि साेमवार बिहान १० देखि दिउँसो ३ बजेसम्म, मनोनयपत्र र उजुरीमाथि जाँच–बुझ गरी निर्णय गर्ने समय भोलि ३ बजेदेखि पर्सि मङ्गलवार बेलुकी ५ बजेसम्म रहेको छ । यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते बेलुका ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते दिउँसो ४ देखि बेलुका ७ बजेसम्म र मतदान आउँदो मङ्सिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ । यसपालिको चुनावमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१