ताजा समाचार

सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

  • असोज २३, २०७९
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । नेपालको राजनीतिक परिवर्तनको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेका चर्चित लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ को (क) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका छन् । विद्रोहीले दिएको उमेदवारीको सबैतिर चर्चा छ । आयोगको नियम अनुसार २६ गते विद्रोहीले चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका तेजुलाल चौधरी, प्रदेशसभा (क) मा एकिकृत समाजवादीको गोविन्द न्यौपाने, प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका इन्द्रदेव यादव लगायतका स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आन्तरिक विवादको कारण जसपा र एमाले गठबन्धनबाट अहिलेसम्म मनोनयन दर्ता भएको छैन् । मनोनयन दर्ताको क्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤