Siraha Times
ताजा समाचार

उदासीले दिए राजीनामा एमालेलाई धक्का

  • असोज २३, २०७९
  • ८४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २३ । सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले पार्टी सिरहाका जल्दो बल्दो यूवा नेतृत्वका अग्रणी भूमिका निर्वाह गर्दै आएका जीबछ यादव ( उदासी) ले पार्टीकाे साधारण सदस्य समेत नरहने गरी उनले पार्टीबाट राजीनामा दिएका हुन् ।पत्रकारिता जगतका समेत चर्चित व्यक्ति उदासी लामो समयदेखि अन्ध भक्त भएर एमाले पार्टीमा योगदान गर्दै आएका थिए । पार्टीले हैकम बादी चरित्र र पार्टीमा योगदानको मुल्यांकन गर्दै नगरी एमाले पार्टी निकट जिल्ला नेतृत्व तहका राम औतार यादव र लिला नाथ श्रेष्ठको एकल निर्णयको कारण नेता तथा कार्यकर्ताको मनोबल गिराएर पार्टीमा नव आगन्तुकलाई टिकट दिने निर्णय भए पछि सिराहा जिल्लाको एमाले पार्टी भित्र विवाद सिर्जना भएको हो ।

उदासीले आफ्ना फेसबुक पेज मार्फत् भनेका छन् " म नेकपा एमालेको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेर स्वतन्त्र भएको छु । जसपा एमाले गठबन्धन आफूलाई मन नपरेको गरीव र दलितहरुको उपयोग मात्रै गरेको प्रदेशसभाको उमेदवार हुन प्रदेश अध्यक्ष राम औतार यादवले डेढ करोड जम्मा गर्नुपर्ने ठुलै नेताहरुमा सामन्तवादी चरित्र र कम्युनिष्टको कुनै आचरण नरहेको पुँजीपतिहरुको संरक्षण मात्रै गरिरहेको व्यवहार देखेर आजित भइ नेकपा एमाले परित्याग गरेको छु । एमालेमा रहँदा सहयोगसाथ दिनु भएका सम्पूर्ण मित्रहरुप्रति सदा सुमधुर सम्बन्ध रहिरहने छ ।" यसरी उनले पार्टी परित्याग गर्दै स्वतन्त्र भएको जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१