पूर्वमन्त्री यादवले छाडे जसपा, प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिने

  • असोज २२, २०७९
  • ९७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आश्विन २२, २०७९ / सिरहा । पूर्व विनाविभागीय मन्त्री राजलाल यादव टिकट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । आज जसपा परित्याग गरेका नेता यादवले सिरहा क्षेत्र नम्बर २ ‘१’बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । टिकट नपाएपछि उनले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बुझिएको छ । यादव पहिलो संविधानसभा सदस्यमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहा १ बाट निर्वाचित भएका थिए । सोही बेला उनी विना विभागीय मन्त्री भए ।दोस्रो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम गणतान्त्रिक र ०७४ मा संघीय समाजवादी फोरमबाट चुनाव लडे पनि उनी पराजित भएका थिए ।उनले प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका शिव यादवसँग सहकार्य गरी चुनाव लड्ने बताएका छन् । सोही टिमबाट प्रदेशसभा क्षेत्र २ ‘२’बाट योगेश सिंह उम्मेदवारी दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१