ताजा समाचार

पर्साकाे महादेवपट्टीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्युु

  • असोज २१, २०७९
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हरिकिशोर शर्मा जिराभवानी २१ असाेज : पर्साको जिराभवानी गाउँपालिकामा भएकाे मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर १ जगतियामा ग्यारेज सन्चालन गरेका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरका ३८ बर्षीय उमेश यादव रहेका छन ।  बिहीबार राति ग्यारेजबाट काम सकाएर बीआर २२ के ३७८३ नम्बरको मोटरसाइकलमा सवार भई यादव घर जाने क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपट्टी गाउँ नजिकको कल्भर्टमा मोटरसाइकल अनियंत्रित भई ठोक्किएर कल्भर्ट मुनि खसेको र यादवकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो ।मृतक यादवको शव पोस्टमार्टमको लागि वीरगन्जकाे नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤