ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा सिलाइ कटाइ तालिम सम्पन्न

  • असोज २०, २०७९
  • ९९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान असोज २० । ‘कृषि, पर्यटन, जल, उर्जा, पूर्वाधार, विकासमा हाम्रो जोड, स्वास्थ्य, शिक्षित रोजगार मुलुक समृद्धि नवराजपुर निमार्णमा हाम्रो अठोट’ नाराका साथ गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मेडपा आ.व. २०७९/८० मा नवराजपुर गाउँपालिकाको वडा नं. ३ फुलवरीयामा ४५ दिने स्तरोन्नती सिलाई कटाई सिप विकास तालिम र उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार उधोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग र नवराजपुर गाउँपालिकाको सहकार्यमा संचालित तालिम एक कार्यक्रमको आयोजना गरी असोज १८ गते सम्पन्न भएको हो । समापन कार्यक्रमलाई दशैंको शुभ अवसरमा शुभकामना दिदैं नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवले(शिवा) गरीबी निवारणको लागी नै कार्यक्रम‌ संचालन भएको हो । समाजको सम्मुनत विकास समृद्ध जिवन यापनको लागी हरेक नागरिकको सिप मूलक तालिममा सहभागी हुन दायित्व र कर्तव्य हो । महिलाहरुलाई स्वरोजगार बनाउन यस तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कपडा सिलाउनमा लाग्ने रकम बचत हुन्छ र अरुको कपडा सिएर आम्दानी समेत हुन्छ। तालिममा सिकेका कुरालाई घर निरन्तर अभ्यास गर्न व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका यादवले सिपमुलक तालिमलाई मुख्य प्राथामिकतामा राखेर अघि बढेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । नवराजपुर गाउँपालिका वडा नं. ३ वडा अध्यक्ष बंसी लाल यादवले भने स्वरोजगार मुलक ज्ञान र सिपले गाँउ टोलको मात्र नभएर सिगों राष्ट्रकै विकास र समृद्धिमा टेवा पुग्ने बताएको छ । सिपको माध्यमले आय आर्जनसँगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने छ । ‘उनले’ तालिममा सिकेका सिपलाई भरपुर सदुपयोग गर्दै उधमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गर्नुभयो । लघु उधम शाखा प्रमुख तथा कार्यक्रम उधम विकासको सहजर्कता भोगेन्द्र कुमार यादवको संचालनमा सम्पन्न‌ भएको कार्यक्रममा तालिममा सिकेका सिपलाई सही सदुपयोग गर्नूपर्नेमा जोड दिनुभयो । तालिममा स्थानिय महिला १७ जनाको सहभागिता रहेको थियो । तालिममा मन्त्रालयले उपलब्ध गराएको १७ वटा सिलाई मेसिन र हरेक प्रशिक्षार्थीहरु अभ्यास गर्नेको लागी १ पेकेट धागा, रवर ,चक,बाईविङ्ग २पिस ,मेसिन सुई,स्केल,कपडा सिउने सुई,बटन ,हुक,ईन्चिटेप,बाईविङ्ग केश, कैचीं,मेसिन तेल आधा लिटर र प्रमाण-पत्र कार्यक्रमको प्रमुख अतिथि शिव उदगार यादव, अतिथि वडा अध्यक्ष बंसि लाल यादव द्धारा हस्तान्तरण समेत गरिएको थियो भने प्रशिक्षक मिना शर्मा रहेको कार्यक्रमको सहजर्कता भोगैन्द्र यादवले बताएका छन् । ।

 

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤