Siraha Times
ताजा समाचार

आम जनतालाई ठग्दै नेतागण

  • असोज २०, २०७९
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २० । नेपाल सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रमको लागि राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको पार्टी त्याग प्रवेशको नियमित कार्यक्रम चलिरहेको अवस्था रहेको पाइन्छ । व्यक्तिगत स्वार्थमा लिप्त नेतागणले पार्टीले टिकेट नदिएपछि स्वतन्त्र बन्ने अनि पार्टी परित्यागको नीति लिएर समाजमा खोक्रा भाषण दिएर जनतालाई रणभुलमा पारिरहेका छन् । नेपालका नेताहरुलाई आम जनताले प्रस्ट रूपमा पहिचान गरिसकेका छन् । चुनाब हरुवा माधव नेपाल जस्ता व्यक्तिलाई विगतमा प्रधानमन्त्री बनाइएको देशमा हत्यारा प्रचण्ड को राजनीतिक यात्रालाई समेत नेपाली जनताले नजिकबाट नियालेको छ भने उखान टुक्का हाक्ने ओलिको कठोरता र शेर बहादुर देउवाको महँगी आम जनताले नजिकबाट बुझेको अवस्था रहेको हुनाले राष्ट्रप्रेमी ,जनताप्रेमी विकाश प्रेमी नेताको पहिचान तपाई हाम्रो समाजमा अशल समय आएको हुनाले समयमा ध्यान केन्द्रित गर्न जरुरी देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी मैदानमा आफ्नो दलको वर्चस्व कायम गराउन अहिले सम्म भागबन्डा मिलाउन भन्दै गठबन्धनको बैठक कति पटक बस्यो ? आम जनताको सास्तीको रूपमा रहेको डेङ्गु महामारी नियन्त्रण गर्नका निम्ति कति पटक बैठक बस्यो ? कूनै राष्ट्र बादी व्यक्तिहरूले हिसाब गर्नु भएको छ ? भागबन्डाको लागिः-३९ पटक डेङ्गगु नियन्त्रणको लागिः-० सामाजिक विकासलाई खयाल गर्दै अशल नेतृत्व छनौटको लागि सही निर्णयको अधिकार सम्बन्धी विषयमा वेलामा सचेत हुनुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१