ताजा समाचार

सिरहाको अधिकाँश ठाउँमा झिझिया प्रतियोगि विजयी

  • असोज १८, २०७९
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान/असोज १८ गते । सिरहासहित मधेश प्रदेशका सबैजसो जिल्लाहरुमा झिझियाको रमझम छाइरहदा महानवमी दिन समाप्त गरेको छ। सिरहाको लक्ष्मीपुर पतारी पोखरीमा , रामपुर , सुखीपुर नगरपालिका मोहनपुर, गोलबजार लगायत अधिकाँश ठाउँमा झिझिया कार्यक्रम गरिएको पाइएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका पतारी पोखरीमा आयोजित झिझिया कार्यक्रममा माँ दुर्गा भगवती गुरुप रामनगर प्रथम स्थान ल्याउन सफल भएका छन । प्रथम भएका उनीहरूलाई नगद राशि रु. ५५००/- सहित सम्मान गरिएको बताइएका छन । दित्तीयलाई ३५००/- तृतीय ल्याएका बालबालिका समुहलाई २५००/- बाट सम्मानित गरिएको लक्षमीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर हरिनगरका वडा अध्यक्ष तथा प्रथम पुरस्कार दाता दिलिप कुमार साफीले बताएका छन।

दित्तीय पुरस्कार लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष विद्यान्नद साह सुडीले व्यवस्था गरिएको थियो । तृतीय स्थान ल्याएका बालबालिका समुहलाई प्रदान गरिएको बताएका छन। लोक, कला, साँस्कृतिलाई उजागर गर्न र थप सशक्त बनाई राख्न र सामाजिक मुल्य मान्यता उकास्न झिझिया जस्तै कार्यक्रम सञ्चालनमा जोड दिने वडा अध्यक्ष दिलिप कुमार साफी र विद्यान्नद साह सुडीले अभिव्यक्ति दिइएका छन। यो सँगै लक्ष्मीपुर पतारी -१ रामपुरको झिझिया कार्यक्रममा निर्णायक समितिले सही निर्णय नगरिएको प्रति अन्य सहभागीहरु आउने दिनमा विकृति विसंगतिलाई चुनौती दिइएको आवाज उठिएको थियोे । सो झिझिया कार्यक्रममा लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर, वडा अध्यक्षहरु लगायत समाजसेवी , अगुवा भद्रभलादमी, गाउँलेहरुको उपस्थित देखिएको थियोे । त्यसैगरी, पिप्रा रामपुरमा ६ वटा सभागी समुहमध्ये पिप्रा टोल प्रथम ल्याएकोमा १५०००/- सहित सम्मान गरिएको थियोे भने, रामपुर दितीयलाई १००००/- नगदले सम्मानित गरिएको थियोे । तेस्रो स्थान ल्याउनेलाई ५०००/- नगद राशिले सम्मानित गरिएको स्थानीय समाजसेवी विन्देश्वर साह हलुवाइले बताए ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤