Siraha Times
ताजा समाचार

सिरहामा प्रहरी प्रशासनको संरक्षणमा अश्लिल नृत्य

  • असोज १८, २०७९
  • ७६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान / १८ असोज । सिरहाका धेरैजसो पालिकाहरुमा चार्डपर्व लक्ष्यित अस्लिल नृत्य सँगै नाचनचनिया नचाउने गरेका छन् । ती अस्लिल नृत्य प्रहरी प्रशासनकै रोहबरमा रातभरि खुल्मखुल्ला नचाइएको पाइएको छ। सिरहाको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा यसको बढदो चहलपहल बढेको देखिन्छ । सिरहाको मोहनपुर, रामपुर, लक्ष्मीपुर पतारी पोखरी नजदिकै इलाका प्रहरी कार्यालय महेशपुर पतारी रहेता पनि प्रहरी उभिएर राभरि आफू अस्लिल नृत्य हेर्दै शान्ति सुरक्षा दिने गर्दछन। नृत्य र ध्वनि प्रदुषण यसको प्रभाव बजार क्षेत्रमा खासै देखिदैन तर, ग्रामीण क्षेत्रमा ध्वनि प्रदुषणबाट स्थानीयहरु वाकिब भएको देखिन्छ । अहिलेको मैथिली , भोजपुरी , गीतसंगीतहरुमा छाडा पन् रहेता पनि आधुनिकताको युगमा आफ्नै परिवारका सदस्य बसेर आपसमा नसुन्ने अवस्था समेत आएको छ। यो सँगै चार्डपर्वहरुमा प्रशासनिक निकाय एक्सनमा आउनु , शान्ति सुरक्षालाई थप सशक्त बनाईराख्नु अति आवश्यक हुनु पर्दछ। उक्त नचनिया ( युवतीहरु ) प्रायः जसो भारतबाट ल्याई अस्लित नृत्यमाथि स्थानीयले मज्जा लिने गर्दछन्। उक्त अश्लीलता रोक्न न त जिल्ला प्रहरी कार्यालय , न त जिल्ला प्रशासन कार्यालय कुनै एक्सनमा नआइएको देखिन्छ । खासगरी ग्रामीणस्तरमा कलह, झैझगडाको अभिन्न अङ्ग अश्लीलता नै भएकाले प्रहरी प्रशासनको भुमिका देखाउन अपरिहार्य छ। छड्के युवाहरु अश्लीलता प्रति बढी आकर्षित हुने गरेको देखिन्छ । यसलाई रोक्न निकाय एक्सनमा आउनु आवश्यक देखिन्छ । रफ् गीतसंगीतले समाजमा विकृति, विसंगति मात्रै सृजना गर्दैन बलकि, मन बढोत्तरीको जड रफ् अश्लील गीत नै हो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१