डावर गोल्ड कपमा सिरहाले अग्रता कायम राख्न सफल

  • असोज १८, २०७९
  • ६६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १८ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ धनगढीमाईकाे डावरमा जारी दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को चौथो दिनको मैत्रीपूर्ण खेलमा सलहेश युवा क्लब सिरहाले आफनो अग्रता कायम राख्न सफल भएको छ । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ भइरहेको फुटवल प्रतियोगिता अन्तर्गत आज भएको सलहेश युवा क्लब सिराहा र हेटौडा फुटबल एकेडेमी मकवानपुर बिच भएको मैत्रीपूर्ण खेलमा नौ (९) र (०) को अन्तरले सिराहा अगाडि आउन सफल भएको छ । डावरको खेल मैदानमा जारी रहेको खेल अन्तर्गत आज दिउसो करिब ३ बजेर ३६ मिनेटको समय अन्तरालमा शुरू गरिएको खेलमा खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी नेपालको राष्ट्रिय झण्डालाई अगाडि राखेर पञ्चकन्या सहित खेल मैदानको दक्षिणी भागबाट खेलाडीहरुलाई मैदान प्रवेश गराएका थिए भने मैदानको मध्यमा पुगेका खेलाडीहरुले बाजाको तालमा राष्ट्रिय गान गाएर खेलको थालनी गरेको थियो ।

सिराहा र हेटौडा

बीच अाज दिँउसो भएको फुटवल प्रतियोगिता खेलमा खेलको करिव ३.५१ बजेको समयमा पहिलो गोल सलहेश कल्बका जर्सी नम्बर ७ का फोडिले गरी खाता खोलेका थिए भने दोस्रो गोल पुन खेलको करिव २ दुई मिनेटमा जर्सी नम्बर ९ का ओम सिंहले गरेका थिए । जारी खेलमा अग्रता कायम राख्दै गरेका सिरहाले हाफ टाइम अघि ५ गोल र मध्यान्तर पछि ४ गोल गरी जम्मा ९, गोल गरेका सिरहालाई हेटौडा फुटबल एकेडेमी मकवानपुरले कूनै पनि गोल फर्काउन सकेन । आजको खराब मौसम भएपनि उल्लेख्य रूपमा दर्शकको उपस्थित रहेकाे थियाे भने खेल अन्य दिनकाे भन्दा अत्यधिक रोमाञ्चक भएको दर्षकहरुले बताएका छन् । जारी दोस्रो डावर गोल्ड कपको चौथो दिनकाे खेलमा वडा अध्यक्ष सूर्यमान तामाङ , वाडा अध्यक्ष अमित ठकुरी, इलाका प्रहरी कार्यालय ठटियाका प्रमुख, स्थानिय समाजसेवी लगायतको मानुभावहरुको उपस्थितिमा अाजको मैत्रीपूर्ण खेल भएको थियो । खेलको अन्त्यमा म्यान अफ दि म्याच सलहेश युवा क्लबका जर्शी नंबर सातका खेलाडी फोडी भएका थिए भने उनलाई सम्मान स्वरूप रु दुई हजार प्रदान गरिएको आयोजक कमिटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

मेयरको एउटै लक्ष्य: ...

विनोद अविरल , चैत्र १९, ​लहान, सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकाका नगर प्रमुख मेयर महेश प्रसाद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१