ताजा समाचार

शिएमसी नेपालद्वारा जनप्रतिनिधि र सरोकारवालासंग अन्तक्रिर्या

  • असोज १६, २०७९
  • ९६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १६ असोज - शिएमसी नेपालले देशमा विभिन्न परियोजना अन्तर्गत नेपालका ७"वटै प्रदेशका ५४ जिल्लामा १० वटा परियोजना संग बिधालय, समुदाय,एक घर संकट ब्यवस्थापन,लक्षित समुदाय लैङ्गकि हिंसाबाट प्रभावित समुदायमा मनोपरामर्शका सेवा दिने गरिएका छन। लहान नगरपालिकामा २० वाटा सामुदायिक बिधालय र ३ वाटा स्वास्थ चौकीमा मनोपरामर्शको कार्यक्रम संचालनमा रहेको परियोजना संयोजक अनिरुध मुखियाले जनाए।शिएमसी नेपालले केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसंगको सहकार्य गरी देश भरि कार्यक्रम संचालन गर्दै आएका हुन्। शनिबार लहानमा परियोजना अभिमुखीकरण बाल मानसिक स्वास्थ र पहुँच कर्तामा परिक्षण सम्बन्धि अन्तक्रिर्या कार्यक्रममा नेपालका ११ हजार ब्यक्तीले प्रति बर्ष परामर्श लिन आउने गरिएका कार्यकारी निर्देश राम लाल श्रेष्ठले बताए। प्रति जिल्ला ४ पालिका र ३२ वाटा पालिकामा कार्यक्रम संचालनमा रहेका छन्।

सिरहामा लहान नगरपालिका,धनगढीमाई नगरपालिका र धनुषाको धनौजी गाउँपालिकामा कार्यक्रम संचालनमा रहेका छन्। शिएसी नेपालले बाल मानसिक स्वास्थ, सामी परियोजना,मनोसमाजीक सहयोग,लैङ्गकि हिंसा रोकथाम तथा प्रतिकार, वैदेशिक रोजगारमा जाने युवाहरू र परिवारका सदस्यहरुलाई परामर्श दिने गरिका छन्। लहान नगरका प्रमुख महेश चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु गरेका थियो भने उप प्रमुख राम चलितर महतो,लगायतका लहानका अधिकांन्स जनपतिनिधीहरुको सहभागीता रहेको आयोज संस्थाका प्रतिनिधि रेखा चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤