Siraha Times
ताजा समाचार

सडकमा ईन्धन सुकाउने थलो बन्दै निकाय दर्शक

  • असोज १४, २०७९
  • १०९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असोज १४ । तराईका जिल्लाहरूमा रहेकाे सडकहरूमा परम्परागत रूपमा तयार गरिएको ईन्धन गुइठा सुकाउने चलन कायम रहेकाे पाइन्छ । ग्रामिण क्षेत्रका मूख्य सडक मिचेर आवात जावतमा असहजता कायम हुने गरी गाई भैंसी बाध्ने, सरसामान राख्ने , गाढा तेर्साएर राख्ने चलन विगत लामो समयदेखि कायम रहेकाे पाईन्छ । तराई मधेश क्षेत्रका अधिकांश भागमा हाम्राे समुदाय सुध्रन सयौ वर्ष अझ लाग्ने जस्तो छ । घर अगाडि करोडौ खर्च गरेर निर्माण गरिएको सफा ,सुन्दर पक्की सडकमा गोबर ,गुइठा भन्डारण गरेर गाई वस्तु रोडमै बाँधेर शान , मान बुझ्ने आम समुदायले सडकको महत्त्व बुझ्न जरुरी देखिएको छ । सडक निर्माणको कार्य गरेका स्थानिय सरकारले सडखण्डमा अतिक्रमण गराउने तत्वहरूको वास्तविक पहिचान गरेर कानुनी कारवाहीको दायरामा ल्याउन जरूरी भएकोले सडक मर्मत सम्भार सँगै चेतना मुलक कार्यक्रम सञ्चालन गरिएको खण्डमा सुधार आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३१ । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१