ताजा समाचार

लहानमा सरस्वती कृषक समुह सार्वजनिक सुनुवाई सम्पन्न

  • असोज १२, २०७९
  • ८६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल १२ असोज । सिरहाको लहानमा सरस्वती कृषक समुह लहान १३ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुहकी अध्यक्ष वसन्ती चौधरीको अध्यक्षता आयोजित किया प्रमुख अतिथि राष्ट्रिय कृषक समुह महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष अमिर लाल यादव र अन्य अतिथिहरु लगाएत स्थानिय किसानहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो । महासंघको गतिविधिलाई उक्त कार्यक्रममा सार्वजनिक गरीएको थियो भने महासंघको कार्यक्रमबाट स्थानिय किसानलाई प्रत्यक्ष फाइदा पुगिरहेकोले नगरस्तरबाट यसलाई जोडतोडका साथ अगाडि बढाउन जरुरी देखिएको किसानहरूको बताएका छन् । आकर्षक कार्यक्रम सहित महासंघ समुह मार्फत कृषिमा आत्मनिर्भर बनाउन खोजेको, खाद्य संकट आउन नदिन एक घर एक प्राविधिक समेत बनाउन खोजेकोले यस प्रति किसान समेदंशिल हुन जरुरी देखिएको उपाध्यक्ष यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤