ताजा समाचार

राजबिराजमा बढदै गरेको अत्याधिक चोरी गतिविधिलाई नियन्त्रणको माग गर्दै प्रदर्शन

  • असोज १०, २०७९
  • १०९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा असोज १० गते । सप्तरीको राजबिराजमा बढदै गरेको अत्याधिक चोरी अपराधी गतिविधिलाई नियन्त्रणको माग गर्दै सदरमुकाममा प्रदर्शन भएको छ । चोरी पीडित संघर्ष समिति द्वारा आज(सोमबार ) राजबिराजको मुख्य बजारमा अभियानीहरुले प्रदर्शन गरेका छन । सोमबार समितिले राजविराजस्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध र्‍याली नगरको विभिन्न भाग परिक्रममा गरिएको थियो ।हातमा प्ले कार्ड लिएर विभिन्न नाराहरु घन्काउदै नाराबाजी गरेका हुन् ।जनताप्रतिको स्थानीय सरकार उत्तरदायित्व निर्वाह गर ,निर्धक व्यापार ,व्यवसायी वातावरण सिर्जना गर, चोरि घटनालाई नियन्त्रण गर ,डेंगु मलेरिया नियन्त्रण गर्नको लागि व्यवस्था गर , सिसिटिभी क्यामरा सार्वजनिक स्थलमा जडान गर , प्रहरी,प्रशासन मुर्दावाद , स्थानीय सरकार मुर्दावाद नाराहरु रहेका छन । अभियानका संयोजकमा सुनिता साह सदस्यहरुमा खेलानन्द दास, पार्थो सरकार , शैलेन्द्र सिंह, प्रतिमा देव, रंजित साह , दिनेश गुप्ता , गौरि शंकर प्रसाद साह ,सुनिता चौधरी लगायतका सहभागी रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤