ताजा समाचार

भिस्वा,जानकीटोला र ठोरीमा छोटी भन्सार स्थापनाको पहल गर्न युवा नेता पटेलको अर्थमन्त्रीसँग माग

  • असोज ८, २०७९
  • ७६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ८ असोज पर्साको भिस्वा, जानकीटोला र ठोरीमा छोटी भन्सर कार्यालय स्थापना गर्न नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नम्बर ४ को (ख) का संयोजक एवं योंग कम्युनिष्ट लिग (वाईसियल) का केन्द्रीय सदस्य तथा पर्सामा इन्चार्ज गौरव सन्तोष पटेलले माग गर्नुभएको छ । पहिले पर्सा जिल्लाको वीरगंज भन्सार कार्यालयपछि दोस्रो बढी राजस्व उठाउने भन्सार जानकी टोला भन्सार रहेको भन्दै उक्त नाकामा भन्सार नहुँदा लाखौं राजस्व गुमाउन परिरहेकोले छोटी भन्सार स्थापना गर्न माग गर्नुभएको हो । भन्सार कार्यालय नहुँदा तस्करीको माध्यमबाट मालसामान भित्रिईरहेकोले जानकीटोलामा भन्सार कार्यालय स्थापना गर्न अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनु भएको छ । जानकी टोला भन्सार सुचारु भए देशमा थप आमदानीको स्रोत खुल्ने र नेपालको व्यापार व्यावसायमा पनि सहजता हुने उहाँले बताउनुभयो । अहिले वीरगन्ज भन्सार कार्यालय मातहतको छोटी भन्सार कार्यालयहरुमा कर्मचारी नहुँदा अधिकांश सामानहरु तस्करीको माध्यमबाट आउने गरेको छ । सीमाक्षेत्रमा खटिएका सुरक्षा निकायको आँखा छल्नसके आँखा छलेर नभए मिलेमतोमा नै पनि तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤