ताजा समाचार

लागु औषधी सहित दुई युवक प्रहरीको नियन्त्रणमा

  • असोज ८, २०७९
  • १६६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, ८ असोज। सिराहा प्रहरीले प्रेसकार्ड झुण्ड्याएका दुई युवकलाई लागु औषधी सहित नियन्त्रणमा लिएको छ। जिल्लाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सिरिहा नपा १४ नेमचन्द चौकबाट उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर घर भएका ३५ वर्षीय सुरेशकुमार धमला र ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारी घर भई हाल धमलाकै गाउँमा बस्दै आएका ३५ वर्षीय ईश्वर खत्रीलाई प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको हो प्रहरीले दुबैजनाको साथबाट नाइट्रोभेट ट्याब्लेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभव प्लस ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने केम्पटी म्यागों पन्च ड्रिक लेखेको बोतलमा ६ सय एमएल, रामा एक्सप्रेस खबर प्रेस लेखिएको आइडिकार्ड तथा नगद बरामद गरको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारततिरबाट स. ९ प ५१० नम्बरको मोटरसाइकल चढेर आएका दुईजनालाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। उनको प्रेस कार्ड नक्कली वा सक्कली के हो भन्नेबारेमा नखुलेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए। साभार सामाजिक संजाल बाट 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤