ताजा समाचार

नेपाल कम्युनिष्ट पार्टी एकीकृतको समीक्षा भेला सम्पन्न

  • असोज ८, २०७९
  • १०४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल लहान ८ असोज । नेपाल कमयुनिस्ट पार्टी एकीकृतको निर्वाचन लक्षित गा पा स्तरीय भेला सखुवानन्कारकट्टी गाउँपालिका ४ खैरबोना चौकमा बिबिध निर्णय गरिँदै सम्पन्न गरिएको छ । पार्टी केन्द्रीय सदस्य एबं सखुवानन्कारकट्टी गा पा संयोजक अमीर कुमार यादवको अध्यक्षता, केन्द्रिय सदस्य सत्य नारायण यादवको प्रमुख अतिथित्वतमा संचालित भेलामा मधेश प्रदेश सभा सदस्य माननीय अशोक कुमार यादव , गा पा अध्यक्ष केदारनाथ यादव ३ नं वडा अध्यक्ष भोगेन्द्र यादव नेता रामनारायण यादव नेता सुमेश यादव लगायत लगभग गा पा स्तरीय सबै अगुवा नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिताका बीच उक्त भेला आयोजना गरिएको थियो । पार्टी बिशेष भेलामा विभिन्न विषय वस्तुहरूमा लामो बहस भए पनि चुनाव लक्षित महत्वपूर्ण निर्णयहरु भएको जानकारी संयोजक अमीर कुमार यादव र नेता राम नारायण यादवले दिएका छन् ।

विगतको चुनावको समीक्षा गर्दै आसन्न निर्वाचनमा आफ्नो पार्टी नेपालको विजयी बनाउन तपशिलका कार्यक्रम सहित जनतामा जाने पक्का भएको छ । १: प्रत्येक वडामा युवा सहितको संगठन विस्तार गरी चुनावको माहौल तैयार गर्ने र लागुऔषध नियन्त्रणमा जुट्ने । २: मिति २०७९ असोज ११ गते देखि असोज १५ गते सम्म वडा भेलाहरु सम्पन्न गर्ने । ३: जनवर्गीय संगठनहरुको बैठक असोज २० गते बसेर मंसिर ४ गतेको चुनावको लागि खटिने निर्णयहरु सार्वजनिक पारित गरेका हुन् । सिरहा क्षेत्र नं १ मा ने क पा एकीकृत पार्टी सखुवानान्कारकट्टी गा पा मा प्रजातन्त्र आए देखि १ नम्बरमा कायमै रहेको अवस्था हाल सम्म देखिएको छ । यसै पार्टीबाट दोस्रो कार्यकालका लागि चुनिएर आएको गा पा अध्यक्ष केदारनाथ यादव एमालेबाट छुट्टिए पनि दोस्रो कार्यकालको पुन आफ्ना यात्रा शुरु गरेका हुन भने प्रदेश सांसद माननीय यादव यसै गा पा ३ जगतपुरका हुन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤