मिर्मिरे लघुवित संस्था लिमिटेडले आफ्नो १३ वर्षमा प्रवेश, सरसफाई कार्यक्रम सम्पन्न

  • असोज ३, २०७९
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३ असोज मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज पर्साको ठोरी गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाको वडा नं-५ स्थित सुवर्णपुर सहिद स्मारक लगायत सुवर्णपुर बजारको सरसफाई गरिएको छ। मिर्मिरे लघुबित बितिय संस्था लिमिटेडले अाफ्नो संस्थाको बार्षिक उत्सव कार्यक्रम अवसरमा अायोजना गरेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानिय हरुको सहयोग रहेको थियो। मिर्मिरे लघुवित्त वित्तीय संस्था सुवर्णपुरले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम मनाएको सुबर्णपुर शाखा प्रमुख महम्द मकसुद अंसारीले बताए ।मिर्मिरे लघुबित बितिय संस्थाले अायोजना गरेको सरसफाई कार्यक्रमको अध्यक्षता संस्थाको मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको अध्यक्ष्ातामा भएको थियो । यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाकाे उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त चौधरीले गरेकाे थियो । बार्सिक उतस्व र सरसफाई कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त बहादुर लोपचनको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा मिर्मिरे लघुबित बितिय शाखा प्रमुख महम्द मकसुद अंसारी, किरण कुमार परियार,निरंजन चौधरी,सुजन क्षेत्री,रबिन्द्र चौधरी,कृष्ण बोहरा,सशस्त्र प्रहरी निरिक्षक दिपक नापित, नेपाल प्रहरीको रामबाबु यादव, लगायत त्यस संस्थामा जुडेका महिला र स्थानिय हरुको सहभागिता रहेको थियो।सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाई गर्नका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित बितय संस्था लिमिटेडले अाफ्नो संस्थाको बार्षिक उत्सवमा चौक हरुमा डस्टबिन बितरण समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१