जनकपुरधाम, असाेज ३ गते मधेश प्रदेश सरकारले प्रदेशको आम्दानीको स्रोतको पहिचान गर्न असफल भएको छ । पाँच बर्षेकार्यकाल सम्पन्न गरेर विदाइ लिने बेला भइ सक्दा पनि मधेश प्रदेश सरकारले आम्दानीको स्रोतको पहिचान गर्न सकेको छैन् । प्रदेश सभामा गत साउनमै पारित भएको कर तथा गैर सम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गर्न नसकेपछि काम अगाडि बढ्न सकेको छैन् । २०७६ सालमै प्रदेश सभा सचिवालयमा दर्ता गरिएको उक्त विधेयक गत साउनमा मात्रै प्रदेश सभाबाट पारित भएको थियो । सभाबाट पारित भएपनि त्यो विधेयक प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गर्न नसक्दा ऐन बन्न सकेन । कर तथा गैर सम्बन्धी ऐनको अभावमा मधेश प्रदेश सरकारले पाँच वर्षमा पनि आन्तरिक आम्दानीका श्रोतहरुको पहिचान गर्न सकेको छैन् । प्रदेश सरकारको आन्तरिक आम्दानीमा वृद्धि नहुँदा प्रदेश सरकारले ल्याउने बजेटको अधिकाश भाग संघीय सरकारले दिने विभिन्न अनुदानमा निर्भर रहने गरेको अर्थ मन्त्रालयका प्रशासन अधिकृत राजन कुमार झाले जानकारी दिए । गत आर्थिकमा प्रदेश सरकारले ३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन आर्थिक वर्ष २०७७÷०७८ को भन्दा ५९ करोड ४२ लाख बढी राजस्व राजस्व संकलन गरे पनि सरकारले ल्याएको बजेटको आकारको तुलनामा निकै न्यून छ । प्रदेश सरकारको आन्तरिक आय न्यून रहेकोले बजेटका अधिकांश भाग संघीय सरकारको अनुदान, राजस्व बाँडफाँट, सशर्त अनुदान, समपुरक, विशेष अनुदानमा निर्भर रहने गरेको उनले बताए । प्रदेश सरकारले गरेको आम्दानीले यहाँको कर्मचारीहरुको तलब तथा सेवा सुविधामा पनि पुग्दैन, उनले भने–‘समस्या सातै प्रदेशको हो । तर सुरुवाती अवस्थाभन्दा विस्तारै विस्तारै आन्तरिक आम्दनीमा वृद्धि हुदै गएको छ ।
संघीय सरकारमा निर्भर रहने बजेट पनि प्रदेश सरकारले पछिल्लो ५ वर्षको अवधिमा कुनै पनि आवमा पुरै खर्च गर्न सकेनन् । गत आवमा सरकारले कुल बजेटको ६४ दशमल ०४ प्रतिशत अर्थात २२ अर्व ३४ करोड मात्रै खर्च गर्न सके । खर्च हुन नसकेको रकममध्ये ७ अर्ब ६३ करोड रुपैयाँ पूँजीगत बजेटको रहेको छ । पूँजीगत तर्फ १९ अर्ब ५७ करोड ६० हजार बजेट रहेकोमा ११ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्गकमा उल्लेख छ । मन्त्रालयका अनुसार सरकारको बजेट चालु तर्फ ६७ दशमलव ९२ र पूँजीगत तर्फ ६१ प्रतिशत गरी कुल बजेट ६४ दशमलव शुन्य ४ प्रतिशत मात्रै खर्च भएको छ । बजेट खर्च कम हुदाँ पनि आन्तरिक आयमा हस आउने गरेको अर्थ विज्ञहरुको भनाई छ । प्रदेश सरकारले संघले उपलब्ध गराएको बजेट मात्रै प्रत्येक वर्ष ८० देखि ९० प्रतिशत खर्च गरेको प्रदेश सरकारको राजस्व संकलनको दायरा बढ्ने अर्थ विज्ञ सुरेन्द्र झाले बताए । प्रदेशका कृषि, उद्योग कलकारखानासहितको व्यापक सम्भावना भएपनि त्यसमा प्रदेश सरकारले लगानी गर्न नसकेका कारण प्रदेशको आन्तरिक आय भने बढ्न सकेको छैन् ।टुडे अवाज
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic