धनगढीमाई स्वास्थ्य शाखालाई औषधि हस्तान्तरण

  • असोज ३, २०७९
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संवाददाता असोज ३ । सिरहाको धनगढीमाई नगरपालिकाको स्वास्थ्य शाखालाई पत्रकार विनोद मण्डलले एक कार्यक्रमको बीच अति आवश्यक औषधी हस्तान्तरण गर्नुभएको छ । मधेश प्रदेश सरकार जनकपुरबाट पहल गरी ल्याएको करिब ३ लाख मुल्य बरावरको औषधी हस्तान्तरण गर्नुभएको स्थानिय प्रदिप दाहालले जानकारी दिए । मण्डलले नगर प्रमूख शिवशङ्कर महतो ज्युलाई औषधि हस्तान्तरण गर्नुभएको थियो भने उक्त कार्यक्रममा प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले, स्वास्थ्य साखा प्रमूख विश्वेश्वर यादव, जिन्सी साखा प्रमूख सम्पैत यादव, हेल्थ पोष्ट विष्णुपुरका कुलदीप यादव लगायत फोटो पत्रकार हेम प्रसाद पासवान लगायत नैनपुर अस्पतालमा कार्यरत कर्मचारी डाक्टर नर्षको उपस्थितिमा आयोजित कार्यक्रममा औषधि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर महतोले सामाजिक सेवामा लागिरहेका कार्यप्रति नगरको सकारात्मक धारणा रहेको बताउनु भएको छ भने प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले विनोद मण्डल नगरपालीकाको धन्यबाद पात्र बनेका असल ब्यक्ति रहेकाे धारणा राख्नु भयो ।

मण्डलले यस भन्दा अगाडि पनि औषधी लगायत स्वास्थ्य सामग्री विष्णुपुर स्वास्थ्य चौकीलाई करिव दुई लाख चौरासी हजार मूल्य बराबरको हस्तान्तरणमा समेत योगदान गर्नु भएको थियो । जिल्ला भित्र विभिन्न प्रकारका सामाजिक सेवाको लागि तत्पर रहेका मण्डलले गत बर्ष धनगढीमाई १२ का अमृता शाहको घाँटीको निशुल्क उपचारमा महत्त्व पूर्ण भूमिका खेल्दै भक्तपुर अस्पतालमा सफल उपचार गराउनमा ठूलो योगदान गरेका थिए भने धनगढीमाई १४ का अण्डकोष पिडित एक ५ वर्षिय बालकको उपचारमा समेत सहजता ल्याएका थिए । मण्डलले जिल्ला बाहिर नवलपरासीका रामप्रशाद थारुलाई विस हजार सहयोग गरेका थिए । सामाजिक काम गर्दै आएका मण्डललाई केही महिना अगाडी चरित्र हत्या गर्ने गराउने उद्देश्यका साथ केही व्यक्ति जिल्ला बाहिरबाट अनेकन बहानामा फोन सम्पर्ग् गरिरहेको अवस्थाप्रति चिंतित मण्डल ज्यानको प्रवाह नगरी सत्य तथ्य बाहिर ल्याउनको लागी आमरण अनसनको तयारीमा रहेको उनका पारिवारिक स्रोतले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

वातावरण जोगाउन सांसद ...

​​विनोद अविरल,१९ चैत । बढ्दो इन्धन खपत र वातावरणीय प्रदूषण कम गर्ने सन्देश दिन सिन्धुली क्षेत्र नं. ...

नेपालटार र धनगढी बजा ...

​लाहान, १९ चैत । सिराहा जिल्लाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्र बेतहामा भइरहेको बाटो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१