Siraha Times
ताजा समाचार

बाख्रा पालनले किसानलाई थपिँदै ऋण निकाय मौन

  • असोज २, २०७९
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संवाददाता लहान, २ असोज । ‘बाख्रामा बह्मलुट गरेपछि ऋणिमाथी थप पिडा हुने नै भए’ धनगढीमाई १२ का विक्रम ठकुरी बताउँछन् । ठकुरीले ‘ करिब ५ हजार पर्ने बाख्रा २० हजारको दरमा दिएको छ ।’‘ चालिस हजारको एउटा बोका जसको करिब १३ किलो वजन होला ।’‘सेवाग्राहीको सहमतीमा खरिद गर्नुपर्ने बाख्रा तर, संस्थाका रमन साहले आफै किनेर दिएको छ ।’‘ नक्कली वील भर्पाई बनाएर अनुदानको रकम ठगी गरिरहेको यस्ता कर्मचारीलाई कारवाही हुनुपर्छ की पर्दैन ? ठकुरीले प्रश्न गर्छन् । ग्रामिण उद्यम तथा विप्रेशन आयोजना समृद्धि जनकपुरको सहयोगमा धनगढीमाई साना किसान कृषि सहकारी संस्था लि. धनगढी १० ले आफ्ना २२ शेयर सदस्यलाई आधा अनुदानमा बाख्रा वितरण गरिएको छ । सहकारीले प्रति सदस्य ७ लाखको कार्यक्रम अन्तरगत खोरको लागि ३ लाख ५० हजार खर्च गरिएको छ । बाख्राको लागि ३ लाख ५० हजार खर्च देखाएर नक्कली बील भर्पाई गरि हिसाब मिलान गरेको छ । चन्द्रकला पौडेल दंगालले ‘ऋण हामीमाथी खोर बनाउँने समान आफैले खरिद गरि बील भर्पाई गरेका छन् ।’‘सहकारीका रमनले खोर बनाउँन शुरु गरेदेखि नै ब्याज शुरु गरेको छ ।’‘जहाँ खोर बनाउँन आठ महिना लगाएको छ ।’‘ त्यसमा पनि कमसल समाग्री प्रयोग गरेर खोर बनाएको छ ।’ ‘ सात आठ केजीको बाख्रा पनि पटक पटक गरेर दिएको हो ।’ ‘त्यो १३ बाख्रा मध्ये ७ वटा मरिसकेको छ ।’ ‘ढेड महिना भए होला, रहेको बाख्रामा दश बाह्र हजारको औषधी नै लागिसकियो ।’ ‘ब्याज चलिरहेको छ । त्यसमा पनि औषधी खर्च कहाँबाट ल्याउँने थप समस्या भएको ऋणि दंगाल बताउँछीन् ।

सहकारीले बोयर जातको बाख्रा, खोरसहित डिजिटल तराजु, कुट्टीकटा मेशिन र दाना दिएको छ । धनगढीमाई १२ कुसमा सिमलटोकी ठटीया र धनगढीमाईको भार्लेनी गरी २२ शेयर सदस्यलाई बाख्रा पालनको कार्यक्रम दिएको छ । उनीहरुबाट ब्याज मात्रै मासिक साढे २२ सय रुपैयाँ सहकारीले लिदै आएको छ । प्रत्येक खोरमा बाख्रा मरिरहेको छ । बाख्राको बीमा गरिएको छ । बीमाले चाहेको रकम उपलब्ध गराउँने पक्षमा छैन । अर्कातीर उनीहरुको ब्याज निरन्तर चलिरहेको छ । बाख्रा मरिरहेको छ । अर्कातीर ब्याज जर्बजस्ती लिने गरेकोले ऋणीहरुमाथी ब्रजपात खसे सरह छ । धनगढीमाई साना किसान कृषि सहकारी संस्था लि.का रमन साहले ‘यो कार्यक्रम हैटोडाको एक सँस्थामार्फत गरिएको छ ।’‘उनीहरुले नै किनेर बाख्रा पठाएको हो ।’‘खोर श्रमिकले बनाएको हो ।’‘यो १ करोड ६२ लाखबढी हो ।’ रमनले हैटोडाको संस्था भनिएपनि ऋणब्याज बुझाउँने बुकमा ग्रामिण उद्यम तथा विप्रेशन आयोजना समृद्धि जनकपुरको सहयोग लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१