ताजा समाचार

‘चन्दा मुन्नीलाई कुटपिट गर्ने मदनलाई कारवाही गर’

  • असोज २, २०७९
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २ असोज । बच्चा चोरी गरेको आरोपमा कुटपिट गरेका तेस्रो लिँगीहरु दोषीलाई कारवाहीको माग गरेको छ । उनीहरुले बच्चा चोरको आरोप लगाई गाली बेइज्जती गरी कुटपिटसमेत गरेको आरोपमा विष्णुपुर गाउँपालिका–५ का ३२ वर्षीय मदनकुमार महतोविरुद्ध पीडितहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २८ गते उजुरी दिएका छन् । तेस्रो लिँगी यौनिक तथा अल्पसङ्ख्यक समुदायका कल्याणपुर नगरपालिका–९ का ३४ वर्षीय मुन्नी भनिने सुरेन्द्रकुमार यादव र धनुषा जिल्ला हंसपुर नगरपालिका–३ का ५० वर्षीय चन्दा भनिने चन्देश्वर राउतलाई कुटपिट गरि बेइज्जती गरेका थिए । पीडित मुन्नीले भन्नु भयो–‘हामी दुवै जना दिदीलाई भेटी घर फर्किन भदौ २५ गते गाडी कुरेर बसेका थियौँ । हामी यौनिक तथा अल्पसङ्ख्यक भएकाले सारी लगाएका थियौँ । आरोपित महतोले एक्कासी आई बच्चा चोरको हल्ला गरी अपशब्द बोली कुटपिट गर्न थालेपछि अन्य व्यक्तिहरूले पनि हामीलाई कुटपिट गरे ।’ घटनाको जानकारी हुनासाथ पीडितहरूलाई सुरक्षासहित उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो । पीडितको मौखिक जानकारी अनुसार आरोपित महतोलाई भदौ २७ गते गिरफ्तार गरेको डिएसपी बुढाथोकीले जानकारी दिनु भयो । पीडित पक्षको उजुरी भदौ २८ गते  आएपछि  कारवाहीको लागि अभद्र व्यवहार मुद्दामा सात दिनको म्याद थप गराएर घटनाको अनुसन्धान कार्य सुरु गरिएको डिएसपी बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤