श्याम सुन्दर सदा बचाउ अभियानद्वारा पिडितलाई आर्थिक सहयोग

  • भदौ ३०, २०७९
  • १०९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ३० भाद्र । "श्याम सुन्दर सदा बचाउ अभियान" ले घर नजिकै रहेको सामुदायिक भवनको छतबाट खसेर घाईते भएको पिडितलाई आर्थिक सहयोग गरेको छ । अभियानले नरहा गाउँपालिका २ पानबारी बस्ने करिव ३१ वर्षिय श्याम सुन्दर सदालाई उपचारको लागी एक लाख अठतीस हजार चार सय एकतीस रुपैया सहयोग गरेको हो । शरण माध्यमिक विद्यालय नरहा २ पानवारीमा कार्यरत शिक्षक सदा आफ्नै घर नजिक रहेको सामुदायिक भवनको छतबाट बैशाख १९ गते लडेर गम्भीर घाइते भएको थियो । आर्थिक अभावका कारण सदाको उपचारमा समस्या भएकोले "श्याम सुन्दर सदा बचाउ" अभियान संचालन गरि आर्थिक संकलन गरि पिडितलाई हस्तान्तरण गरिएको शिक्षक तथा सामाजिक युवा अभियनता पवन शर्माले बताए । उपचारमा समस्या भएकोले शरण मा. वि. का शिक्षक स्टाफ मिलेर संचालन गरेको "श्याम सुन्दर सदा बचाउ अभियान" मा अभियानका सदस्यहरुबाट रु.५० हजार, मिथिला सेवा समाज रु.१८ हजार ७ सय ८३ रुपैया, ऋषिवंश एकता सेवा समाज नेपाल रु.३५ हजार र श्याम सुन्दर सदा बचाउ अभियानको खाता मार्फत रु.३४ हजार ६ सय ४८ रुपैया गरि जम्मा रु.१ लाख ३८ हजार ४ सय ३१ रुपैया संकलन गरि पीडित सदालाई हस्तान्तरण गरिएको अभियनता शर्माले बताए । अभियानको लागी संचालन गरिएको सिद्धार्थ बैंक लि. गोलबजार शाखाको खाता समेत बन्द गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१