ताजा समाचार

पर्सा क्षेत्र नं. ३ मा जसपाले टिकट पाउने निश्चित –कांग्रेसको १,२,४ मा दाबि

  • भदौ ३०, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३० भदौ पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ जनता समाजबादी पार्टीले टिकट गाउने निश्चित भएको छ । सिटबाडफाट गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर १,२, र ४ मा दाबि गरेको हुदा जसपा पर्साले क्षेत्र नम्बर ३ मा टिकट पाउने लगभग निश्चित भएको हो । पाँच दलीय सत्ता गठबन्धनको बसेको बैठकमा सिटबाडफाटको बारेमा सहमति नजुटेको भए पनि कांग्रेसले क्षेत्र नम्बर ३ बाहेक १,२,र ४ मा दाबि गरेकोले क्षेत्र नम्बर ३ मा जसपाके टिकट पाउने निश्चित नै भएको जसपा निकट श्रोतको दावी छ । टिकट पाउने निश्चित भए संगै जसपाबाट प्रतिनिधि सभाकोलागी प्रत्यक्ष सिफारिस हुनुभएकी डा. मधु गुप्ता आफ्नो चुनावी गतिबिधि तिब्रताको साथ बढाउनु भएको छ । उहाले पर्सा क्षेत्र नम्बर ३ को सबै ईलाकामा पुगेर स्थानीय संग राजनीतिक भेटघाटलाई तिब्र पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤