Siraha Times
ताजा समाचार

माओवादी केन्द्रबाट सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ खडग नारायण चौधरीको नाउँ सिफारिस

  • भदौ ३०, २०७९
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० भदौ - २०३२ साल देखि कम्युनिस्ट बिचार लिएर विद्यार्थी नेतृत्वबाट राजनीति यात्रा सुरु गरेका खडग नारायण चौधरीले मंसिर ४ गते हुन् लागेको प्रदेश सभा सदस्य सदस्यको निर्वाचनमा भाग लिन स्थानीय बाट नै जनसमुदायले उत्साहीत भएका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेता खडग नारायण चौधरीलाई प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ नाउँ सिफारिस गरेको कुरा बाहिर पछी स्थानीय मतदाहरुमा उत्साह र उमंग छाडिएका छन्।नेता चौधरीले कम्युनिस्ट आन्दोलनमा निकै अग्रनी भुमिका खेलका थिए। सानै उमेर देखि कम्युनिस्ट बिचार बोकेका नेता चौधरीले राजनीति मै समर्पित रहेका उनले राजनीतिका बौद्धिक र बिवेक शिल,प्रष्ट बक्ताको रूपमा चिनिएका नेता हुन्।

सिरहा क्षेत्र नम्बर १ क को गठ बन्धनबाट नेता चौधरीको उम्मेद्बारी निस्चित भएको उनले दाबी गरेका हुन्। लहानको पशुपति आदर्श उच्च माध्यमिक बिधालयबाट २०३२ सालमा विद्यार्थी राजनीति सुरु गरेका थिए। २०४५ सालमा मधेसी थारु समुदायबाट तककालिन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनका केन्द्रिय अध्यक्ष बनेका थिए। लामो समय उनले कुशल अध्यक्षको नेतृत्व सम्हालेका थिए। उनले मधेसी र थारु समुदायबाट प्रहिलो अध्यक्षको जिम्मेवारी पाएका थिए।नेपाली राजनीतिको प्रतिनिधित्व गर्न अन्तर्राष्ट्रिय समेलनको नेतृत्व गर्न रुस,हडेरी,युगासेलाबियाँ, चेकोसेलाभिया गरेका थिए।पंचायती ब्यवस्थाको बेला राजनीति पार्टीहरुलाई खुले आम कार्यक्रमहरु गर्न बन्देज लगाएका थिए।तेति बेला नेता चौधरीले राजनीतिमा निकै सकृय भुमिका निर्वाह गरेका थिए। राजनीति कै अनुभव गर्न उनले चाईना, मलेशिया, दुबै लगायत दर्जनौं बिदेशी मुलुकको राजनिती भेष भुसा र कला सांस्कृतीको अनुभव गरेका नेता हुन्। नेता चौधरी हाल माओवादी केन्द्रका केन्द्रिय कमिटीका केन्द्रिय सल्लाहकार हुन्।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१