विधालय व्यवस्थापन समिती गठन गर्ना कार्यक्रम स्थागित

  • भदौ २९, २०७९
  • ५५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुधान्शु गिरी रमवापुर/ भदौ २९ कृष्णनगर नगरपालिका रमवापुर वडा. नं. ४ मा स्थित श्री शिव शक्ति आधारभुत विधालयमा वि.व्य.स. को कार्यकाल सकिदा नयाँ वि.व्य.स. घटनको लागि भेला बोलाईयेको थियो । उक्त कार्यक्रममा विधालय निरिक्षक को अध्यक्षता मा कार्यक्रम सुरु गरियो । कार्यक्रमको बेला वडा-४ का वडाध्यक्ष- घन्श्याम अग्रहारी, बिधालय निरिक्षक (वि.नि.)- बलराम पन्थी, पुर्व वि.व्य.स. का अध्यक्ष- दशरथ प्रसाद यादव र सदस्यहरु, वडा प्रतिनिधि- अखिलेश कुमार ठकुर, शिक्षक- कौशल किशोर यादव, शिक्षा प्रेमी, राजनैतिक दलको प्रतिनिधि, अभिभावकहरु, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार, सिर्सिहवा स्वास्थ्य चौकी प्रतिनिधि, श्री शिव शक्ति विधालयका सदस्य, यस कार्यक्रम का संचालक शिक्षक - प्रहलाद पाण्डे समेतको उपस्तिथि रह्यो । सुरक्षाका लागि सिर्सिहवा चौकी बाट प्रहरी जवान खटियेका थिये ।

के कसरी कुन तरिकाले विधालय व्यवस्थापन समितिको (वि.व्य.स.) गठन, छनौट हुन्छ र वि.व्य.स. को कामकर्तव्य, जिम्मेवारीको बारेमा विधालय निरिक्षक (वि.नि)- बलराम पन्थीले सहज, सरल तरिकाले सम्पुर्ण बिच व्याख्या गर्नु भएको हो । वि.व्य.स. गठनको समय सहयोगको लागि ४ सदस्यीय समिति गठन गरियेको हो । ४ सदस्यीय समितिमा :- १) विधालय निरिक्षक, २) वडाध्यक्ष, ३) विधालय प्रधानाध्यापक र ४) स्रोत व्यक्ती रहने छन । यी ४ सदस्यीय समितिले वि.व्य.स. गठनकोबेला सहयोग पुर्याउन्छन । वि.व्य.स. अध्यक्ष पदको उम्मेदवारी दिनु भएको उम्मेदवारको सहयोगीहरु द्वारा कार्यक्रममा समस्या उत्पन्न गर्ना का कारण उक्त कार्यक्रमलाई कार्यक्रम को अध्यक्ष- विधालय निरिक्षक (वि.नि)- बलराम पन्थी द्वारा केही दिनको लागि कार्यक्रम स्थागित गरिदिनु भयो । सोचे अनुसार कुरा न मिल्दा हेरी बलराम पन्थीलाई रोकि तुरन्तै अगामी हुने भेलाको मिति तोकि जानकारी गराई दिनु को लागि कुरा गरेको रहेछ्न । कार्यक्रममा करिब ९० प्रतिशत अभिभावकहरुको उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

मधेश प्रदेश सरकारमा ...

जनकपुरधाम, १४ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रवक्ता डा.आभास लाभले राज्यसत्ताको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१