Siraha Times
ताजा समाचार

रातिमै डोजर लिएर निस्के मेयर सिंह

  • भदौ २८, २०७९
  • १८४४ पटक पढिएको
  • रंजित चौरसिया
alt

उमेश दुबे  पर्सा, २८ भदौ / वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडक निर्माणको निम्ति रातिमै डोजर लिएर सडकमा उत्रिएका छन । नेपाल र भारतको सीमामा पर्ने मितेरी पुलदेखी वीरगंजको रजतजन्ती चौकसम्मको सडक निर्माणको लागि रातिमै डोजर लिएर मेयर सिंह सडक निर्माणको कार्यमा उत्रिएका हुन । व्यपारीक राजमार्गमा पर्ने उक्त सडकले गर्दा सर्वसधारणलाई सास्ती खेप्नु परेको गुनासो मेयर राजेशमान सिंह समक्ष पुग्नसाथ ठेकेदार कम्पनी र सडक बिभाग अन्तर्गत पर्ने व्यपारीक राजमार्गका योजना प्रमुख संग सहकार्य गर्दै सडक निर्माणको कार्यमा उत्रिएका छन । बिगत लामो समयदेखी उक्त सडकको कार्य अलपत्र रहेको कारण स्थानीय तथा पसल संचालकहरुका साथ साथै यात्रीहरुलाई समेत धुलोका कारण सास्ती खेप्नु परेको थियो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा निर्माण भइरहेको उक्त सडकले गर्दा स्थानीयहरु मेयर सिंहको कार्य सराहनीय रहेको बताएका छन । यता वीरगंज महानगरपालिकाका अध्यक्ष राजेशमान सिंहले दशै अगावै मितेरी पुलदेखी रजतजन्ती चौकसम्म कालोपत्रे गरी निर्माण कार्य सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले यस अनलाइन संग कुरा गर्दै वीरगंज विकासको कार्यमा आफु पछि नहटेको र अगामी दिनहरुमा मुल सडकको कार्य समेत गराई राम्रो वीरगंज, स्वच्छ वीरगंज बनाउनमा कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१