रातिमै डोजर लिएर निस्के मेयर सिंह

  • भदौ २८, २०७९
  • १७४८ पटक पढिएको
  • रंजित चौरसिया
alt

उमेश दुबे  पर्सा, २८ भदौ / वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडक निर्माणको निम्ति रातिमै डोजर लिएर सडकमा उत्रिएका छन । नेपाल र भारतको सीमामा पर्ने मितेरी पुलदेखी वीरगंजको रजतजन्ती चौकसम्मको सडक निर्माणको लागि रातिमै डोजर लिएर मेयर सिंह सडक निर्माणको कार्यमा उत्रिएका हुन । व्यपारीक राजमार्गमा पर्ने उक्त सडकले गर्दा सर्वसधारणलाई सास्ती खेप्नु परेको गुनासो मेयर राजेशमान सिंह समक्ष पुग्नसाथ ठेकेदार कम्पनी र सडक बिभाग अन्तर्गत पर्ने व्यपारीक राजमार्गका योजना प्रमुख संग सहकार्य गर्दै सडक निर्माणको कार्यमा उत्रिएका छन । बिगत लामो समयदेखी उक्त सडकको कार्य अलपत्र रहेको कारण स्थानीय तथा पसल संचालकहरुका साथ साथै यात्रीहरुलाई समेत धुलोका कारण सास्ती खेप्नु परेको थियो । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा निर्माण भइरहेको उक्त सडकले गर्दा स्थानीयहरु मेयर सिंहको कार्य सराहनीय रहेको बताएका छन । यता वीरगंज महानगरपालिकाका अध्यक्ष राजेशमान सिंहले दशै अगावै मितेरी पुलदेखी रजतजन्ती चौकसम्म कालोपत्रे गरी निर्माण कार्य सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो । उहाले यस अनलाइन संग कुरा गर्दै वीरगंज विकासको कार्यमा आफु पछि नहटेको र अगामी दिनहरुमा मुल सडकको कार्य समेत गराई राम्रो वीरगंज, स्वच्छ वीरगंज बनाउनमा कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१