शहिदनगरमा शिक्षक भर्ना गर्न हेडमास्टर र वडाध्यक्षको जालसाजी, शिक्षा इकाइले माग्यो जवाफ

  • भदौ २८, २०७९
  • १०३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा शिक्षक भर्ना गर्न एक विद्यालयको हेडमास्टर र वडाध्यक्षले जालसाजी गरेपछि जवाफ मागिएको छ । शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहास्थित रहेको जनता इकाई माविका हेडमास्टर रामनारायण ठाकुर र वडाध्यक्ष मनोज दासले गैर–कानुनी रुपमा शिक्षक भर्ना गर्न खोजेपछि जवाफ मागिएको छ । शिक्षा विकास तथा समन्व ईकाई धनुषाले एक पत्र जारी गर्दै शहिदनगर नगरपालिकाको शिक्षा शाखालाई जवाफ÷राय पेश गर्न पत्राचार गरेको हो । विद्यालयमा शिक्षक भर्ना गर्नको लागि गैर–कानुनी रुपमा हेडमास्टरले वडाध्यक्षकै सहीछाप गराएर भर्ना गर्न खोजेको देखिएको छ । शिक्षा नियमावली विपरित विज्ञापन निकालेको तथा विद्यालयको लेडरप्याडमा वडाध्यक्षको सहि गराएको भन्दै ईकाईले जवाफ माग गरेको छ । यदुकूहास्थित रहेको जनता इकाई प्राविधिक धार विद्यालयमा विभिन्न पदको शिक्षक भर्नाको लागि विज्ञापन निकालिएको थियो । तर, विज्ञापन शिक्षा नियमावली विपरित भएको भन्दै मुद्दा परेको छ । विद्यालयका प्रधानाध्यापकले शिक्षा नियमावली मिचेर शिक्षक भर्नाको लागि कानुन मिचेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले समेत राय पेश गर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१