Siraha Times
ताजा समाचार

सुनसरी सिर्जनशील परिवार कतारको नयाँ नेतृत्वमा प्रदिप राई

  • भदौ २६, २०७९
  • २१८५ पटक पढिएको
  • रामएकवाल राम
alt

ओम प्रकाश यादव दोहा- मानवता अङ्गाल्ने महान यहि नै हो हाम्रो अभियान भन्ने मुल नाराका साथ २००९ मा स्थापमा भएको सुनसरी सिर्जनशील परिवार कतारको पाचौं सधारण सभा गत शुक्रबार सप्पन्न भएको छ। परिवार कतारका कार्यवाहक अध्यक्ष प्रदिप कुमार राईको सभापतित्व तथा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यमा सप्पन्न भएको प्रदिप कुमार राईको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्ष मुखतार आलम, द्वितीय उपाध्यक्ष राजन कुमार कार्की , महासचिव धिरज गौतम , सचीव विक्रम श्रेष्ठ , कोषाध्यक्ष सदाम हुसेन, सह कोषाध्यक्ष अनिरुद्र दहाललाई चयन गरिएको छ।त्यसै गरि कार्यसमितिका सदस्यहरुमा रामलखन उराव , दुर्गा प्रसाद राई, धुनिलाल चौधरी , तिर्थ बहादुर खत्री , शिवनारायण पण्डित , शुभाचन्द राई, नारायण बराल, शुसिला तमाङ, श्याम कुमार श्रेष्ठ , उमेश राई रहेका छन।नयाँ कार्यसमितिलाई प्रमुख सल्लाहकार नरेश श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

विधिवत रुपमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका मनार्थ सदस्य मोहम्मद मुक्तदा मुसलमानले सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाका संस्थापक सदस्य तथा संस्थाका सल्लाहकार मनिष यादवले परिवार कतारलाई सदैव सहयोग गर्दै आईरहेका संस्थाका मनार्थ सदस्य मुक्तदा मुसलमान र सागर नेपाल प्रती अभार व्यक गरेका थिए।यस संस्थाले सुनसरी जिल्लाका विभिन्न विद्यालयहरुमा अत्ति विपन्न तथा जेहेन्दार विद्यार्थी भाईबहिनिहरुलाई छात्रवृत्ति, किताब कापी कलम, अग्नि पीडित, बाढी पीडित स्वास्थ्य लगायतको समाग्री वितरण साथै एम्बुलेन्स सेवा दिदै आईरहेका छन र अगामी पनि यस्ता कामहरु गर्ने उहाँले जोड दिनुभयो।उहाँले स्थापनाकाल देखि नै संस्थालाई समन्वय गर्दै आईरहेका साथै संस्थाका सम्पूर्ण नयाँ कार्यसमितिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए। सधारण सभामा विभिन्न संस्थाका प्रतिनिधि तथा समाजिक अभियानताहरुले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमलाई समाप्न गर्दै सभापति राईले आफ्मो कार्यकाल भरी सहयोग , सहकार्य गर्ने आफुलाई मार्ग निर्देशन दिने सधारण सभा सप्पन्न गर्ने अवधिसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।प्रथम उपाध्यक्ष मुखतार आलमले स्वागत मन्तव्य राखेका थिए भने सधारण सभालाई महासचिव धिरज गौतमले सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१