ताजा समाचार

रहबर केयरद्धारा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर

  • भदौ २५, २०७९
  • ८२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २५ भदौ । रहबर केयर तथा गौतम स्कूलको संयुक्त आयोजनामा शनिवार वीरगंज महानगरपालिका वडा नं. ३१ रहबर केयर मिलन चौकमा निःशुल्क स्वास्थ्य तथा आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।माट्रिका आई फाउण्डेशन र गण्डक हस्पिटलको सहयोगमा भएको शिविरबाट करिब पन्द्र सय सर्वसाधारण लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । 

रहबर केयरका संचालक तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रहबर अंसारीले शिविरको अध्यक्षता गर्दै पर्सा जिल्ला तथा देशवासीलाई खुसी, सुखी तथा स्वस्थ्य बनाउने आफ्नो मुख्य उदेश्य रहेको बताउदै जनताको स्वास्थ्य संवेदनशिल विषय भएकोले आफुले अहोरात्र त्यसका निम्ति खटने गरेको बताए । सो कार्यक्रममा प्रमुख अतिथि नेत्र रोग विशेषज्ञ डा. किशोर प्रधान, विशिष्ट अतिथि गौतम स्कूलका डायरेक्टर सोनम लामा, अतिथिहरु वडा नं. ३१ का वडाअध्यक्ष जितेन्द्र यादव लगायतकाले आ–आफ्ना सान्दर्भीक भनाईहरु राखेका थिए । मिलान चोक केयरका मैनेजर कुदर्नैन अन्सरीले

आँखा शिविरमा करिब ६ सय जनाको आँखा परिक्षण गरिएकोमा करिब एक सय जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा हार्डजोनी तथा नशा, छाती तथा मुटुरोग, स्त्री तथा प्रसुती रोग लगायतका रोगहरुको परिक्षण गरिएको थियो ।

सो अवसरमा हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. संतोष साह, डा. सुरज रौनियार, छाती तथा मुटुरोग विशेषज्ञ डा. संजय गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मन्जु राई, आँखा रोग विशेषज्ञ डा. मनोज पटेल, डां संजय कुमार गुप्ता, डा. मनोरञ्जन यादव, डा. राजेश महतो, डा. ईन्द्र साह धामी, मेडिकल अफिसर डा. मनोज पटेल, डा. अख्तर आलम, डा. सगीर अंसारी, गण्डक अस्पतालका प्रशासन प्रमुख शौकत अली, सदाम हुसैन, महम्मद हसन अंसारी लगायतका चिकित्सकहरुको समुहले शिविरमा स्वास्थ्य तथा आँखा परिक्षण गरेका थिए ।

शिविरमा स्वास्थ्य तथा आाँखा परिक्षण गराएकाहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो । शिविरमा गौतम स्कूलका छात्र छात्राहरुले भोलेनटियरको रुपमा सहयोग गरेका थिए ।

सो शिविरमा रामवन, टेढा, परसवा, चोर्नी, मिलनचौक, बेल्वा, ईस्लामपुर, भेडियाही, सोलखपुर, पसुरामपुर, प्रसौनी, लालपपर्सा, प्रसोतीपुर, कोनिया लगायतका गाँउका सर्वसाधारणहरुले सेवा लिएको आयोजक संस्थाले जनाएको छ । शिविरबाट लाभान्वितहरुले आयोजक संस्था र आयोजक संस्था रहबर केयरका संचालक रहबर अंसारी प्रति आभार प्रकट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤