ताजा समाचार

मधेशका सडक फोहोर जम्मा गर्ने थलो बन्दै

  • भदौ २५, २०७९
  • ९१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २५ । राजनीतिक परिवर्तनका पारखी मधेशका राजनेताहरुको चेतनामा परिवर्तन नभए सम्म मधेशका सडकहरूमा दुर्गन्ध नियन्त्रण गर्न सकिँदैन । विकाशको नाममा बजेट निकासा गर्ने अनि बजेट पचाउनका लागि नानी देखि लागेको बानीमा सुधार गर्नको लागि दसकौ लाग्ने देखिन्छ । सिराहा जिल्लाको प्राय सबै पालिकाहरूको सडकको वास्तविक अवस्था यस्तै रहेको देखिन्छ । सडकमा इन्धन लगायका सामाग्री जम्मा गर्ने र अन्य वस्तुहरूको बिस्कुन सुकाउन प्रयोग गर्ने थलोको रूपमा रहेको मधेशको ग्रामीण सडकमा गाई भैंसी बाँधेर राख्ने समस्या एकातिर रहेको पाइन्छ भने अर्कोतिर सडकमा खाने पानीको लागि प्रयोग गरिने कलको पानी निकासको मुख्य माध्यम सडक बनिरहँदा ग्रामीण सडकमा समस्या उत्पन्न हुने गरेको अवस्था रहेको पाइन्छ । जनप्रतिनिधिको भदौरे विकाश अनि बजेट पचाउने नीतिका साथ विकासलाई खयाल खयाल रूपमा लिएर अगाडि बढाउदा ग्रामीण बस्तीमा समस्या उत्पन्न हुने गरेको अवस्था रहेको देखिन्छ । जनप्रतिनिधिले आ आफ्नो वार्डको सरसफाई गर्ने गराउने ,फोहर गर्ने लाई जरिवाना गर्ने सफाई राख्ने लाई पुरस्कृत गर्ने जिम्मेवारी वार्ड अध्यक्ष को होइन र ? मेयरले मात्र गर्नु पर्छ भने सोच त्याग गरौं । सार्वजनिक सडक अतिक्रमण गरेर राखेको फोहरले वातावरण दुर्गन्धित बन्दा अनेकन किसिमका रोगहरू समाजमा फैलिन सक्ने सम्भावना अधिकांश मधेशका बस्तीहरूमा रहेकोले सबैले आफ्नो जिम्मेवारी बहन गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤