कमला बचाउ अभियानका साथमा कर्जनहाबासी

  • भदौ २४, २०७९
  • १२१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २४ सिराहा । वातावरणीय विविधताको दृष्टिले खानी जन्य उत्खनन् समुदायको लागि हानिकारक मानिएको अवस्थामा अवैध उत्खनन् बिरुद्दमा स्थानिय जनता आन्दोलित भएका छन् । सिरहाको कर्जनहा नगरपालिकामा अवस्थित कमला नदीको किनारमा अवैध उत्खनन् हुन् थालेपछि स्थानिय जनता कमला नदी बचाउ अभियानका साथमा अगाडि आएका छन् । सरकारी मापदण्ड विपरीत अबैध रुपमा कमला नदीको उत्खनन् गरी ग्रावेल चोरी निकासी हुन् थालेपछि पर्यावरण बचाउ अभियानका साथ "नदी माफिया बेचन शर्माको स्टक नियन्त्रण गर " जस्ता चर्का नारा लगाउँदै आज दिँउसो करिव 3 बजेको समयमा कर्जन्हा वडा नं 1 बल्टियाबाट सर्वदलीय संयुक्त संघर्ष समितिद्वारा निकालिएको र्यालीमा आम स्थानियको सहभागिता रहेको थियो भने चर्का नारा लगाउँदै स्थानिय बन्दीपुरमा जुलुश सहित आएका स्थानियले कोणसभा गरी कार्यक्रमको समापन गरेको थियो । कार्यक्रममा करिब 250 जनाको सहभागीता रहेको थियो । सम्बन्धित निकायले सत्य तथ्यको छानबिन नगरे आफूहरु सडक आन्दोलनमा जाने कार्यक्रमका संयोजक प्रभात महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज ३ पौष। वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निः ...

अतिविपन्न बेसाहाराको ...

रहमुल,लहान २ पुस। सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकी मुसहर बस्तीकी एक अतिविपन्न तथा शारीरि ...

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१