ताजा समाचार

कमला बचाउ अभियानका साथमा कर्जनहाबासी

  • भदौ २४, २०७९
  • १३१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २४ सिराहा । वातावरणीय विविधताको दृष्टिले खानी जन्य उत्खनन् समुदायको लागि हानिकारक मानिएको अवस्थामा अवैध उत्खनन् बिरुद्दमा स्थानिय जनता आन्दोलित भएका छन् । सिरहाको कर्जनहा नगरपालिकामा अवस्थित कमला नदीको किनारमा अवैध उत्खनन् हुन् थालेपछि स्थानिय जनता कमला नदी बचाउ अभियानका साथमा अगाडि आएका छन् । सरकारी मापदण्ड विपरीत अबैध रुपमा कमला नदीको उत्खनन् गरी ग्रावेल चोरी निकासी हुन् थालेपछि पर्यावरण बचाउ अभियानका साथ "नदी माफिया बेचन शर्माको स्टक नियन्त्रण गर " जस्ता चर्का नारा लगाउँदै आज दिँउसो करिव 3 बजेको समयमा कर्जन्हा वडा नं 1 बल्टियाबाट सर्वदलीय संयुक्त संघर्ष समितिद्वारा निकालिएको र्यालीमा आम स्थानियको सहभागिता रहेको थियो भने चर्का नारा लगाउँदै स्थानिय बन्दीपुरमा जुलुश सहित आएका स्थानियले कोणसभा गरी कार्यक्रमको समापन गरेको थियो । कार्यक्रममा करिब 250 जनाको सहभागीता रहेको थियो । सम्बन्धित निकायले सत्य तथ्यको छानबिन नगरे आफूहरु सडक आन्दोलनमा जाने कार्यक्रमका संयोजक प्रभात महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤