जगरनाथपुरमा १२ कक्षा पास गरेका विधार्थीहरु पुरस्कृत, मेरो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य- अध्यक्ष यादव

  • भदौ २१, २०७९
  • १०६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २१ भादौ पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ५ मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय मसिहानी ले आयोजना गरेका १२ कक्षा उतिर्ण छात्र, छात्रा हरुलाई सम्मान कार्यक्रम सम्पन भएको छ। नेरामाबी मसिहानी का ७ जना छात्र ,छात्रा हरुलाई प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खादा ओढाई डायरी र पेन बाट समानित गर्नु भएको हो । बिधालयका छात्र, छात्रा हरुलाई सम्मानित गर्दै भने गाउँपालिका ले पहिलो प्राथमिक्ता शिक्षा नै रहेको छ । पहिला देखि शिक्षाको अवस्था दैनिय रहेको देखिएको छ । जगरनाथपुर गाउँपालिका भरि मा ३१ वटा बिधालय रहेको छ बिधालय हरुमा सात चोटी अनुगमन गरिसकेको छु । कहि भवन को अवस्था ,कहि बिधार्थी भाइ बहिनी हरु लाई बसने ब्रेच डेक्स को कमी त कहि शिक्षक हरु को समस्या देखिएको छ । सोको मध्यनजर गरि यश पाली ३ करोड को बजेट शिक्षा सुधार कार्यक्रममा राखेको छु। यति अवस्था कमजोर भएपनी शिक्षक हरु ले इमानदारी पुर्वक लागनु भएको शिक्षक हरुलाई धन्यवाद समेत गापा अध्यक्ष यादव ले दिए। साथै बिधालय बाट पल्स टु राम्रो नम्बर ल्याएर उतिर्ण गरेका छात्र,छात्रा भाइ बहिनी हरु लाई बधाई समेत दिनु भएको थियो। सम्मान कार्यक्रममा बोल्दै गापा अध्यक्ष यादवले भने आउने दिनमा शिक्षामा विशेष सहयोग रहने बताए ।

Open photo

आउने दिनमा जगरनाथपुर गाउँपालिकाका बिधार्थी भाइ बहिनी लाई आफ्नै घरमा खाना खाएर आफ्नै गाउँ ठाउँ को बिधालय हरु मा प्रबिधिक शिक्षा लिने ब्यवस्थापन गरिने बताए। सम्मान कार्यक्रम मा बिधालय बाट पल्स टु साईनस मा ७५ प्रतिशत नम्बर ल्याए का छात्रा मेनिका कुमारी चौधरीले भनिन सरकारी बिधयाल मा मन र लगनसिलता ले पठन पाठन गरेमा प्राईभेट बोडिंग स्कुल को जरुरी छैन ।सरकारी बिधालयमा पढेर र नायब सुबा , शिक्षक बन्न सकिन्छ । महँगो बिधालयको कुनै जरुरी छैन आफ्नो घर बाट खाएर आफ्नै ठाउको उच्च माध्यमिक बिधालय हरु बाटा राम्रो नम्बर लियाउन सकिन छ। छात्रा चौधरीले भनिन गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधि हरुलाई ध्यानआकर्सन गराउदैभनिन कि सरकारी बिधालय मा गरिब र असाहाय ,दलित हरुका छोरा छोरीहरु जानछन पढन किन कि महँगो बिधालय मा पढन पढाउन नसकनेले सरकारी बिधालय मा पढछन । त्यसै कारण बिधालाय का अस्वस्था लाई सुधार गरिदिन आग्रह समेत गरिन। सम्मान कार्यक्रम बिधालय का प्रअ नयाजुदिन मियाँ को अध्यक्षतामा सम्पन भएको थियो। कार्यक्रममा गापा उपाध्यक्ष बबिता सिंह , प्रमुख प्रसाशकिय अधिकृत कृष्णानन्द राय ,वडा अध्यक्ष बिहारी महतो नुनिया, शिक्षा प्रमुख लालदेव प्रसाद यादव,लगायत ले बधाई तथा शुभकामना समेत दिनु भएका छन। सम्मान कार्यक्रम मा बिधालय का बिधार्थी भाइ बहिनी हरु ले बिधाय मा त्यारपारिएका साँस्कृतिक कार्यक्रम समेत गरेका थिए ।कार्यक्रम मा स्थानिय अबिभावक ,शिक्षक ,पत्रकार, बिधालय का बिधार्थी हरु को सहभागिता रहेको थियो।

Open photo

प्रतिक्रिया दिनुहोस

द्वन्द्व प्रभावित ना ...

रहमुल, लहान, २० चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा द्वन्द्व प्रभावित नागरिकहरूका ...

स्थानीय तहमा वित्तीय ...

लहान चैत २० । नेपाल सरकारबाट स्थानीय सरकारलाई गरिने वित्तीय हस्तान्तरणलाई अझ प्रभावकारी, पारदर्शी र ...

सहकारी दिवसको अवसरमा ...

वीरगंज २० चैत। ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा (सीएमसी)ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१