ताजा समाचार

प्रजनन योग्य महिलाको लागि वजेट

  • भदौ १८, २०७९
  • १२६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । समाज परिवर्तनको लागि समाजका विकृति,विसंगति अनि सामाजिक समस्याको पहिचान गर्दै समाज रुपान्तरणको भूमिकामा अघि बढ्दै आएका नवलपरासी युवा समाजको “Free Sanitary Pad” अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ पाल्हीनन्दन गाऊपालिका अग्रस्थानमा आएका छन् । नवलपरासी यूवा समाजको बिशेष कार्यक्रम अन्तर्गत जिल्लालाई स्यानेटरी प्याड निशुल्क जिल्ला बनाउने अभियानमा पालिकाका तर्फबाट सहयोग प्राप्त भएको छ । पाल्हीनन्दन गाऊपालिकाले यस पालिकाका प्रजनन योग्य महिलाहरुको लागी यस वर्ष पुरै निशुल्क(free) sanitary pad दिनको लागी रु. ८ लाख (8,00,000) बजेट विनियोजन गरेको छ । उक्त बजेट प्याङमा खर्च हुने समाजका अध्यक्ष धर्मेन्द्र गिरीले जानकारी दिनुभयो । एक विशेष टेलिफोन संपर्कमा समाजका उपा अध्यक्ष नरेन्द्र मिश्राले जिल्लाका अरु पालिकाहरुले पनी यस अभियानलाई support गर्न आग्रह गर्नु भएको छ । सामाजिक काम कागजमा सीमित नभई ब्यबहारमा लागू गराउन आवस्यक भएको हुनाले आफूहरुले प्याडको लागि बजेट छुट्याएको उक्त पालिकाका उपा अध्यक्ष फतिमा खातुनले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤