ताजा समाचार

शहिदनगरको कार्यालयभित्रै पिटापिट, न्यायिक समिति सदस्यमाथि धक्कामुक्की

  • भदौ १४, २०७९
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको उपमेयरको अगाडी कार्यालयभित्रै पिटापिट भएको घटना बाहिरिएको छ । सोमबार शहिदनगर नगरपालिकाकी उपमेयर सुनिता सिँहकै अगाडी बसेको न्यायिक समितिको बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । शहिदनगर नगरपालिका वडा नम्बर ७ धबौली बस्ने स्थानीय राम प्रगास मण्डल र सोही स्थान बस्ने अच्छुत्तम उपाध्यायबीचको जग्गा विवादको छलफलको विषमा बसेको बैठकको क्रममा कुटाकुट भएको हो । विगत ८ बर्षदेखि स्थानीय अच्छुत्तम उपाध्यायको खेतमा बटैया (साँझेदारी) गरी खेती गर्दै आएका स्थानीय रामप्रगास मण्डलले आधा उब्जनी दिनुपर्नेमा नदिएपछि न्यायिक समितिमा गएको थियो । न्यायिक समितिकी सँयोजक समेत रहेकी उपमेयर सुनिता सिँहको सँयोजकत्वमा बसेको छलफलको क्रममा रामप्रगास मण्डलले बल प्रयोग गरेको बताइएको छ । सो छलफलको क्रममा उपाध्यायको तर्फबाट सहभागी भएका हबिब भन्ने व्यक्तिलाई रिसमा आएका रामप्रगास मण्डलले कुटिपिट गरेपछि विवाद भएको थियो । मण्डलले हबिबलाई कुटपिट गरी उनको भतिजोले समेत घिसार्दै उनीमाथि कुटिपिट थालेको थियो । सोही क्रममा न्यायिक समिति सदस्य प्रदीप यादव र राकेश यादवले झगडा छुटाउन खोज्दा उनीहरुमाथि पनि हातपात गरिएको बताइएको छ ।

न्यायिक समिति सदस्य राकेश यादवले राम प्रगास मण्डल र उनका भतिजोले आफू र प्रदीप यादवमाथि धक्कामुक्की गरेको आरोप लगाए । जानकारी पाएलगत्तै तत्कालै ईलाका प्रहरी कार्यालय यदुकूहाबाट नगरपालिका पुगेको प्रहरीको टोलीले रामप्रगास मण्डललाई नियन्त्रणमा लिएको थियो । यद्यपी, कुनै पक्षबाट उनको विरुद्धमा कुनै उजुरी नपरेको भन्दै उनलाई रिहा गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक हरिविष्णु ढकालले जानकारी दिए । मण्डलमाथि प्रदीप यादव, राकेश यादव वा हबिबले पनि कुनै उजुरी नदिएको कारण उनलाई छाडिएको बताइएको छ । यता, राकेशले उनीमाथि उजुरी दिने तयारी गरिएको बताए । यता, रामप्रगास मण्डल नेपाली काँग्रेस पार्टीका समर्थक रहेकोले उनलाई उन्मुक्ति दिएको बताइएको छ । उपमेयर समेत नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनीधि हुन् । उपमेयर सिँहले छलफलको क्रममा समान्य झै झगडा भएको स्वीकार गरिन् । उनले यस्ता कुरालाई नफैलाइदिन आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤