ताजा समाचार

लालपुर्जा वितरण गर्नु अगाडि सुकुम्बासीहरुको जग्गाको स्थलगत अनुगमन गर्दै उपमेयर संगिता चौधरी

  • भदौ १३, २०७९
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १३ । सरकारले अव्यवस्थित बसोवासको लागि केही महिना अगाडि सुकुम्बासी समस्याको समाधानको लागि स्थानिय सरकार मार्फत गरेको जग्गा नापीको बारेमा सिरहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरीले स्थलगत अनुगमन गर्नुभएको छ । स्थानिय सरकारद्वारा प्राविधिक खटाई नापी गरिएको धनगढीमाई १३ को असारे देउराली क्षेत्रका जग्गाको लालपुर्जा वितरण गर्नु अघि अनुगमन गर्नु भएको छ । आज करिब ३ बजेको समयमा स्तलगत अनुगमन गर्नको लागि उक्त ठाउँमा पुग्नु भएको चौधरीसँग भुमि आयोगका जिल्ला अध्यक्ष रामअधीन यादव , वडा अध्यक्ष सूर्यमान तामाङ लगायतका टोलीले वास्तविक वस्तु स्थितिको अनुगमन गर्नु भएको छ । पूर्व निर्धारित समय बमोजिम टोलीले उक्त अनुगमन गरेको वुझिएको छ भने लालपुर्जा वितरण गर्नु अगाडि हामीले स्थलगत अनुगमनलाई प्रभावकारी बनाउनका लागि अनुगमनलाई अगाडी बढाएको उपमेयर संगिता चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤