समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग

  • भदौ १३, २०७९
  • ६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १३ । समाज नियन्त्रणको बलियो आधारकाे रूपमा रहेको धार्मिक आस्था माथि पक्षीमा प्रहार जारी रहेको छ । सनातन हिन्दु धर्म अनुसार मानव बीचमा कुनै जातपात खडा नभएर मानविय ब्यबहार द्वारा सिर्जित जातिय प्रथाले गर्दा समाजमा गतल भ्रमहरु पैदा हुनु गलत पक्कै पनि हो । आजभोलि धर्म माथि जुन प्रहार भइरहेको छ त्यो नेपाली समाजको लागि चुनौती बनिरहेको छ । हिन्दू आस्थामाथि अनेकन बाहानामा पटक पटक प्रहार गरिनु सामाजको लागि हितकर कदापि हुन् सक्दैन । गाँउ गाँउमा नयाँ धर्मको भौतिक संरचनाको निर्माण गरेर समाजमा भ्रम पैदा गराउने अनि सनातन धर्मको खिल्ली उडाउनु भनेको नेपाली धार्मिक सांस्कृतिक स्थलहरूको उजाड गर्नु हो । आजभोलिकाे बाहिरी तत्व र पश्चिमीली शैलीको अनुकरणले गर्दा हिन्दु धर्मलाई बार बार वेइजत गरिएको छ । धर्मप्रति जन्तामा गलत भ्रम पैदा गराई देशलाई बिखण्डन गराई शान्ति भंग गर्नु हो । समाजमा हिन्दूत्व बिर्सेर राष्ट्रिय अखण्डताको भ्रममा पर्नु ठूलो भूल हुनेछ छ। धर्म आफैमा पबित्र छ तर यस्लाई गलत तरिकाले पस्केको हुनाले अहिलेका युवालाई भ्रममा पारिएको छ। सामाजिक सञ्जालमा गलत तरिकाले धर्मलाई प्रस्तुत गरेको कारण युवावर्गमा गलत आधार र विचार आउनु अनी किताब ,ग्रन्थ यथार्थ न पढेर अर्काको धर्मको अनुकरण गर्नु ठुलो भुल हो । धर्म आमा सरह हुन्छ र त्यस्को रक्षा गर्नु हाम्रो कर्तव्य । कुनै पनि धर्मको निन्दा न गर्नु यहि धर्मले सिकाएको छ ।

प्रतिक्रिया दिनुहोस

बब्लु गुप्ताको प्रेर ...

बिरेन्द्र् प्रसाद नेपाल लहान, ११ कात्तिक। सिरहा लहानका बब्लु गुप्ता आज देशका चर्चित युवा तथा खेलकुद ...

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१