Siraha Times
ताजा समाचार

न्यायको माग गर्दै जीवन आहुति दिन तयार महिलालाई सहयोग

  • भदौ १२, २०७९
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १२ । नेपालमा न्याय प्रणाली कमजोर भइरहेको अवस्थामा अदालतको फैसलाबाट असन्तुष्ट बनेकी कुमारी आमा निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको मन्त्रिपरिषदले २०७९।०५।१० गते गरेको निर्णयबाट न्यायका लागि संघर्ष गर्दै आईरहेकी राजपुतलाई कानूनी लडाईका लागी कानूनी तथा आर्थिक सहयोग गर्नका लागी माननीय मुख्य न्यायाधिवक्ताज्यूको सिफारिसमा रु ५,००,०००।- (अक्षरेपी पाँच लाख रुपैया) दिने निर्णय गरेको छ । न्याय हराएको देशमा वास्तविकताको लडाईमा सत्य तथ्य बाहिर निकाल्नका लागि कानुनी लडाइँ लड्दै न्याय प्रशासनलाई निर्णय लिन विवस पार्ने साहासिक महिला नीहारिकाको सहासिक कदमले समाजमा झुठा आरोप लगाएर अरुलाई बद्नाम गराउने चरित्रहरूकाे घैंटोमा घाम लागेकै हुनुपर्छ । समाजमा तत्काल वास्तविकता लुकाउन सकिन्छ ,तर लामो समयसम्म वास्तविकता नलुक्ने भएकोले सबै क्षेत्रका माफियाहरु ,दलाल ,फटाहा , कुरौटे , अरूको गुनासो गर्ने ,फोनको दुरुपयोग गर्दै चरित्र हत्या गर्ने वर्गहरु बेलामा सचेत हुन् जरुरी छ । तत्कालका लागी आफू राम्रो देखिन अरूको बदनाम गर्ने बानी यदि छ भने त्याग गर्नु उचित होला ।

प्रतिक्रिया दिनुहोस

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

कृष्णनगर भन्सारले वा ...

कपिलवस्तु, साउन ३१ ।  लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको ठूलो  भन्सार नाका कृष्णनगर भन्स ...

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३१ । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१