Siraha Times
ताजा समाचार

श्री माँ काली साना किसान कृषि सहकारी संस्थाले मनाए तेस्रो साधारण सभा

  • भदौ १२, २०७९
  • १३४९ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

नरेशचन्द्र बरबरिया सिरहा भदौ १२ गते ।  श्री माँ काली साना किसान कृषि सहकारी संस्था लि.सिरहा ना.पा.१५ सुकचैनाले आफ्नो तेस्रो बार्षिक साधारण सभा भव्यताका साथ मनाईएको  छ  ।      शनिबार ब्र.झ.ज.मा वि माडरको प्राङ्गणमा संस्थाले आयोजना गरेको कार्यक्रममा आफ्नो आयव्यय प्रस्तुत गर्दै सफलताका साथ सम्पन्न गरेका छन । आ.व ०७८/०७९ को आयव्यय आमदानी र खर्च तपशिल अनुसार रहेको छ । समूह संख्या रहेको लक्ष्य १२० भएको ११६ सदस्य संख्या ६०० भएको ५८० बचत निक्षेप रहेको लक्ष्य १ करोड २५ लाख भएको १ करोड ९ लाख,३३ हजार तीन सय नब्बे शेयर रकम रहेको लक्ष्य ४५ लाख -भएको ४७ लाख,६३ हजार ऋण लगानी रहेको लक्ष्य ४ करोड भएको ३ करोड ६४ लाख १० हजार २ सय सावाँ असुली २ करोडौं ९० लाख भएकोमा २ करोड ४२ लाख १४ हजार ४७ रुपैया जम्मा आमदानी ५० लाख भएको ४७ लाख ४३ हजार चार सय एकसट्ठी नाफा १३ लाख ९५ हजार चार सय २८ भएको ८ लाख ९८ हजार ३ सय पन्चानब्बे ल.र.र ३ करोड २४ लाख भएको ३ करोड ३३ लाख ७५ हजार ३ सय पन्चानब्बे रहेको संस्थाका शाखा प्रबन्धक कुलदिप यादबले प्रस्तुत गरेका छन । संस्थाले छरिएर रहेका स-साना रकमलाई सहकारीको माध्यमबाट बचत गर्ने बानी बसाली त्यस्ता रकमलाई आय आर्जन गर्ने क्षेत्रमा लगानी गरि आफ्ना सदस्यहरुको आर्थिक विकासमा टेबा पुर्याउने मुख्य उद्देश्यका साथ सहकारी संचालनमा रहेको संस्थाका सहायक प्रबन्धक सुरेन्द्र यादवले बताए ।IMG_20220827_145553 यसै संस्थाकी अध्यक्ष सितादेवी यादको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा सिरहा नगरपालिकाका मेयर डा.नवीन कुमार यादब,विशिष्ट अतिथिमा साना किसान सहकारी संस्थाका ईलाका कार्यालय बर्दिबासका प्रबन्धक राज कुमार यादब,अतिथीहरुमा साना किसान बिष्णुपुरका प्रबन्धक उपेन्द्र यादब,वडा न-१२ का वडा अध्यक्ष शिवशंकर झा, स.प्र.नी केशर श्रेष्ठ पुर्व वडा अध्यक्ष धनिकलाल यादव ,प्राध्यापक अशोक यादव, सेयर धनि, संचालक सदस्य, साधारण सद्स्य, स्थानीय महिला, ,पत्रकार लगायत सरोकारबाला निकायहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन रामदेव शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१