Siraha Times
ताजा समाचार

आधुनिकतामा बाबुको मुख हेर्ने दिन

  • भदौ १२, २०७९
  • ९३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ १२ । भाद्र महिनामा मनाइने कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन विधिपूर्वक मनाईएको छ । हिन्दू धार्मिक संस्कार अनुसार वर्षभरी विधि विधानमा आवस्यक पर्ने कुश समेत यस दिन घरमा उखेलेर राखिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने चलन रहिआएको छ । कुशको पूजा आजा गरी घरघरमा कुश भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये भाद्र महिनाको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । यस दिन छोराछोरीहरूले आआफ्ना बाबुलाई मिताई र पकवान भोजन गराई आदर सम्मान प्रकट गर्ने भएको कारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन समेत भनिन्छ ।

आजका दिन बाबु नहुनेहरूले काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थल गोकर्णेश्वरमा पुगेर बाबुका नाममा तर्पण र श्राद्ध गरी दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध दान गर्ने गरिन्छ । आधुनिकताले समाजमा पारेको प्रभावको कारण जन्म दिने बुबा आमा बृद्ध भएपछि मन्दिर र वृद्धाश्रममा लखेट्ने सन्तानहरुले समाजिक सुरक्षा भत्ता दाजुभाई बीचमा बाडेर लिने अनी ,दाजुभाई आपसमा अलग अर्थात् छुट्टिँदा बुबा आमालाई पालन पोषणको नाटक गर्दै पालोसिस्टममा बुबाआमालाई आधा पेट खुवाउने सन्तानले वृद्ध अवस्थामा बुवा आमालाई छोडेर शहरका ठूला ठूला महलमा आदर्शका कुरा गरेको कुपात्र सन्तानले बाबुको मुख हेर्ने दिनमा छातीमा हात राखेर सोच्नुपर्ने दिन एकातिर छ भने अर्कोतिर आफ्नो बुबा आमालाई खयाल नगर्ने अनि श्रीमतीको आमा बुबालाई बुबा आमा भन्नुको सट्टा ड्याडी मम्मी भनेर सम्बोधन गर्ने छोराहरुको लागि बाबुको मुख हेर्ने दिन पहाड जस्तो लाग्दो हो । आफ्नो बुबालाई खाना खुवाउन हात काप्ने तर ससुरालीको बुबा आमालाई पकवान र मिठाई खुवाउँदा पनि थोरै भयो भन्ने छोराहरुको लागि बुबाको मुख हेर्ने दिन कोषेढुङ्गा मात्र बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१